हरिहर सहकारीको १७ औं सभा

पोखरा ।
हरिहर महिला बचत तथा ऋण सहकारीको शनिबार १७ औं साधारण सभा भएको छ । सहकारीका अध्यक्ष सरस्वति थापाको अध्यक्षतामा सभा भएको हो ।
भलाम आधारभुत विद्यालयका शाखा प्रबन्धक मीना खत्री, सहकारीका पूर्व अध्यक्ष मुना सुवेदी, भलाम डाङखोर सहकारीका अध्यक्ष कृष्णबहादुर खत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामजी खत्री, एमाले वडा कमिटि भलामका अध्यक्ष तिलाचन गौतम, सहकारीका संस्थापक गणेशबहादुर खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रमुख अतिथि गंगबहादुर खत्रीले सहकारीमा कम्प्युटर माध्यमबाट काम गर्दा सजिलो हुने बताएका थिए । सामाजिक विकास शाखाका प्रतिनिधि विष्णुमाया पौडेलले महिलालाई आत्मनिर्भर बनाउन महिला सशक्तिकरणका लागि वडासँग समन्वयन गर्ने बताइन् । सस्तो ब्याजदरमा ऋण उपलब्ध हुने वातावरण सृजना गर्ने उनले बताइन् ।
सहकारीका उपाध्यक्ष माया जिसीले स्वागत मन्तव्य राखेकी थिइन् । सचिव अमृता तिवारी तिमिल्सिना ले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
उनले सहकारीको वार्षिक प्रतिवेदन, संस्थाको आय व्यय प्रस्तुत गरेकी थिइन् साथै आगामी दिनमा महिला सहकारी तालिम सञ्चालन गरि बढी भन्दा बढी नाफा कमाउने बताइन् । आमन्त्रीत अतिथिलाई सल्लाह, सुझाव दिन पनि उनले आग्रह गरिन् ।
सहकारीका सन्चिता भण्डारीले सहकारी सम्बन्धि गीत गाएर मनोरञ्जन प्रदान गरेकी थिइन् ।









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया