पोखरा टेलिभिजनलाई मिडिया कप

पोखरा ।
पोखरामा भएको मिडिया कप फुटसल उपाधि पोखरा टेलिभिजनले जितेको छ । रेडियो सराङकोटको १६ औँ वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित प्रतियोगितामा रेडियो अन्नपूर्ण दोस्रो बन्यो ।
पोखरा टेलिभिजनले नगद ४० हजार तथा दोस्रो भएको रेडियो अन्नपूर्णले नगद २५ हजारका साथै शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी सौगात परियार, उत्कृष्ट गोलरक्षक प्रभात आचार्य र उत्कृष्ट गोलकर्ता विनोद पौडेल बने ।
प्रतियोगिताको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले खेलकुदको माध्यमले पत्रकारको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
२०६३ देखि सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित रेडियो मार्फत सामाजिक उत्तरदायित्वका विविध रचनात्मक कार्यक्रमका साथमा दोस्रो पटक मिडिया कप आयोजना गरिएको संस्थाका अध्यक्ष तथा रेडियोका कार्यकारी निर्देशक कृष्णबहादुर थापाले बताए ।
रेडियोका प्रबन्ध निर्देशक अर्जुनबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा रेडियोका सल्लाहकार प्रेमबहादुर जिसी, एजुकेशन स्टडी लिंकका प्रमुख तथा रेडियोका निर्देशक रमेश कुमार थापा, पत्रकार महासंघ कास्की उपाध्यक्ष जमुना वर्षा शर्मा, खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बराल, पूर्व अध्यक्ष एकराज गिरी, रेडियोका निर्देशक राममणि पौडेल, चिन्तामणि बास्तोला, रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर सञ्जय मल्ल, रेडियोका स्टेसन प्रमुख योगेन्द्र श्रेष्ठ लगायतले बोलेका थिए ।
कार्यक्रममा रेडियोका प्राविधिक सागर बास्तोला, मैत्रीपूर्ण खेलमा सहभागी महिला पत्रकारलाई सम्मान गरिएको थियो ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया