सुपर मादी हाइड्रोपावरले माघ ९ बाट आईपीओ बिक्री खुला गर्ने

पोखरा ।
सुपर मादी हाइड्रोपावर लिमिटेडले आउँदो माघ ९ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले जारी पुँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने २१ करोड रुपैयाँको आईपीओ बिक्री गर्न लागेको हो ।
जसअनुसार कम्पनीले १०० अंकित दरका कुल २१ लाख कित्तामध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशतले हुन आउने २ लाख १० हजार कित्रा बिक्री गरिसकेको भने ५ प्रतिशतले हुन आउने १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ । बाँकी १७ लाख ४३ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ताले अधिकतममा ५० हजार कित्तासम्म खरिद आवेदन दिन पाउनेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डको अनुमति प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन् ।
यो आईपीओको निष्कासन बन्द छिटोमा माघ १२ गते र ढिलोमा माघ २३ गते हुनेछ । सुपर मादी हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल छ ।









एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया