मन्त्रीको रेसबाट बाहिरिएको छैनः एमाले प्रमुख सचेतक थापा

पोखरा ।
नेकपा एमाले गण्डकी प्रदेश सभाको प्रमुख सचेतकमा रोशन गाहा थापा चयन भएका छन् । बिहीबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री तथा नेता खगराज अधिकारीको प्रस्तावमा थापालाई प्रमुख सचेतक चुनिएको हो ।
रोशनलाई अधिकारी नेतृत्व सरकारमा मन्त्री बनाउने चर्चा थियो । तर उनलाई प्रमुख सचेतक बनाएर मन्त्रीको रेसबाट बाहि¥याइएको अड्कलबाजी हुन थालेको छ । यद्यपि गथापाले आफू मन्त्री बन्ने रेसबाट बाहिर नभएको बताएका छन् । ‘प्रमुख सचेतकको जिम्मेवारी त सुरुबाटै थियो ।
यो बाहिर आएको थिएन । बिहीबारको बैठकले औपचारिक निर्णय गरेपछि मात्र सबैले थाहा पाउनुभयो,’ सांसद गाहा थापाले भने, ‘प्रमुख सचेतक हुँदैमा म मन्त्री हुँदिनँ भन्ने छैन । अझै सम्भावना धेरै छन् । मेरो विगत, क्षमता, पार्टीमा योगदान यी सबै विषयमा पार्टीलाई जानकारी छ । उचित समयमा मलाई त्यो अवसर पनि आउन सक्छ । पार्टी सिस्टममा पार्टीले गरेको निर्णय नै अन्तिम हुन्छ ।’
गण्डकी प्रदेश सभामा दोहोरिएर निर्वाचित भएका थापालाई गण्डकी प्रदेश सरकारको मन्त्रीको बलियो दाबेदारको रुपमा हेरिएको थियो । थापा ०७४ को निर्वाचनमा पनि प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।
पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री भएको बेला पनि मन्त्रीको दाबेदार थिए । तर, त्यस पटक पनि उनी मन्त्री बन्न पाएनन् । उनी पृथ्वीसुब्बा नेतृत्वको सरकार ढलेपछि प्रदेशसभामा सार्वजनिक लेखा समिति सभापति भएका थिए ।
यस पटक पुन प्रदेश सभामा निर्वाचित भएपछि एमाले वृत्तमा उनी पहिलो चरणमै मन्त्री बन्ने चर्चा भएका बेला उनलाई प्रमुख सचेतकको जिम्मेवारी दिँदा उनी अब मन्त्रीको रेसबाट बाहिरिएको चर्चा छ । एमाले एक सांसदले थापालाई प्रमुख सचेतक बनाएर उनको मन्त्री बन्ने चर्चा यतिमै सीमित भएको बताए ।
‘एउटा व्यक्तिले धेरै पद पाउने कुरा पनि भएन । उहाँ प्रदेश सभामा सत्ता गठबन्धनको प्रमुख दलको प्रमुख सचेतक भएपछि मन्त्री बन्ने र सरकारले पनि उनैलाई मन्त्री बनाउने सम्भावना सकिएको जस्तो लाग्छ,’ ती नेताले भने ।









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया