बोक्सी प्रथाविरुद्ध सचेतना

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १४ मा बोक्सी प्रथा विरुद्ध सचेतनामूलक कार्यक्रम भएको छ । ‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान’ को आयोजना तथा पोखरा महानगरपालिका र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा कार्यक्रम भएको हो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १४ का अध्यक्ष बोधबहादुर कार्कीले अभियानको प्रशंसा गर्दै यो अभियान देशव्यापी हुनुपर्नेमा जोड दिए । उनले समाजमा अझै पनि यस्तो कुप्रथा कायम रहेकाले हरेक नागरिक यसका बिरुद्ध लाग्नुपर्नेमा जोड दिए ।
ग्रामीण भेगमा मात्रै नभई सहरी क्षेत्रमा समेत यो प्रथा कायम रहेकाले सरकारी र गैरसरकारी क्षेत्रले यस्तो प्रथा उन्मूलनका लागि प्रयास गर्नुपर्नेमा उनको जोड छ । कार्यक्रमका वक्ताले यो अभियानलाई अझै प्रभावकारी रुपमा लैजानुपर्नेमा जोड दिँदै विद्यालय स्तरबाट नै सचेतना फैलाउनुपर्नेमा विचार राखे ।
उनीहरुले बोक्सी जस्तो कुप्रथाका कारण अझै पनि नेपालका विभिन्न ठाउँमा महिलाले ज्यान गुमाउनु परेको, अंगभंग हुनुपरेको र सामाजिक बहिष्करणमा पर्नुपरेको घटनाहरु देखाउँदै यो प्रथा मानव सभ्यताको कलंकको रुपमा आएको बताए ।
मानव सभ्यतालाई नै औंला उठाउने गरी समाजमा छाएको यो प्रथम विरुद्ध सबैले एउटै आवाज उठाउनुपर्ने वक्ताहरुको भनाइ छ । अभियानका अध्यक्ष कोविदशरण उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १४ का टोल विकास संस्थाका अध्यक्ष तथा पदाधिकारी, विभिन्न आमा समूहका अध्यक्ष तथा पदाधिकारीको सहभागिता थियो ।
अध्यक्ष उपाध्यायले यो कार्यक्रमलाई देशव्यापी रुपमा नै लैजाने बताए । उनले यो अभियानलाई अघि बढाउन चलचित्र पनि निर्माण गरेका छन् । जुन चलचित्रले देशव्यापी प्रशंसा बटुलेको थियो ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया