खहरे आमा समूहमा नयाँ नेतृत्व

समाधान संवाददाता २०७९ पुष २९ गते ११:३९

पोखरा ।
पोखरा ६ लेकसाइडमा रहेकोे खहरे आमा समूहको ८ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले शान्ति पहारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

Advertisement

वरिष्ठ उपाध्यक्षमा अञ्जना पहारी, द्वितीय उपाध्यक्षमा पार्वती पहारी, तृतीय उपाध्यक्ष भागिरथि थापा, सचिवमा सचिप्रभा कोइराला, सहसचिवमा सीता पहारी र कोषाध्यक्षमा लता पहारी छन् ।

सदस्यमा साधना थापा, राधा कोइराला, मीना रानाभाट, यमुना पहारी, सत्य पहारी, मञ्जु पराजुली र चन्द्रा पहारी छन् । कार्यक्रममा गण्डकी प्रदेश सांसद देवका पहारीले समाज काम गर्ने इच्छा शक्ति हुने हो भने आमा समूहले पनि धेरै गर्न सक्ने उदाहरण खहरे आमा समूह दिएको बताइन ।

उनले चुनावको बेला गरेका वाचा कहिले नभुल्ने सुनाउँदै पोखरालाई पर्यटकीय राजधानी बनाउन, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान गराउन सांसदको तहबाट आवाज उठाउने प्रतिबद्धता गरिन् । आयआर्जनमा महिलालाई जोड्ने अभियान अब आमा समूहले तदारुकता देखाउनुपर्ने उनको भनाइ छ ।

निवर्तमान प्रदेश सांसद राजीव् पहारीले टोल विकास संस्था र आमा समूह मिलेर बृहत सरसफाइ अभियान सञ्चालन गर्नुपर्ने बताए । पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले टोल विकास संस्था र आमा समूहहरुसँग सहकार्य गर्ने बताए । उनले वडाका बासिन्दा र व्यवसायीले राज्यलाई तिर्ने करमा अन्य वडाको भन्दा बढी योगदान रहेकोे बताए ।

Advertisement

समूहकी अध्यक्ष मैयाँ थापाको अध्यक्षतामा भएको कार्यक्रमम सचिव भागिरथी थापा क्षेत्री, उपाध्यक्ष शान्ति पहारी, सल्लाहकार भरतराज पराजुली, ज्येष्ठ नागरिक मञ्चका गुरुदत्त बराल, रेडियो जननीकी अध्यक्ष हिरा भट्टराई, खहरे टोल विकास संस्थाका अध्यक्ष खिमलाल पहारी, आजीवन सदस्य साधना थापा, महिला पर्यटन व्यवसायी मञ्चकी महासचिव ममता न्यौपाने लगायतले बोलेका थिए ।

कार्यक्रममा आमा समूहको स्थापना समयदेखि सहयोग गर्ने निवर्तमान सांसद राजीव पहारी, निवर्तमान वडाध्यक्ष भरतराज पहारी, संस्थापक अध्यक्ष नानीमाया सिग्देल, सल्लाहकार लक्ष्मण थापा, पत्रकार कृष्ण रानाभाट, गाउँ पर्यटन प्रबद्र्धन मञ्च भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारी, प्रवासीको तर्फबाट शंकर कोइराला लगायतलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया