विपी स्मृति पुस्तकालयमा मधु

समाधान संवाददाता २०७९ पुष २९ गते १२:५५

पोखरा ।
विपी स्मृति पुस्तकालय गण्डकी प्रदेश दर्ता भएको छ । संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम पुस्तकालय जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता गरिएको हो ।

Advertisement

पुस्तकालयको तदर्थ समिति अध्यक्षमा माधवप्रसाद बास्तोला ‘मधु’, प्राडा कुसुमाकर न्यौपाने उपाध्यक्ष, सूर्यबहादुर क्षेत्री सचिव, शिरोमणि बराल कोषाध्यक्ष र कविता तिवारी सहसचिव छन् ।

सदस्यमा कमल सापकोटा, दीपेन्द्र पराजुली, डा. रघुराज काफ्ले, शोभा अधिकारी, शकुन्तला शर्मा, रमेश अधिकारी, अरुणराज पौडेल, पदमबन्धु पोखरेल, दीपक रेग्मी र पदम श्रेष्ठ छन् ।

Advertisement

दर्ताको प्रमाणपत्र कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले नेपाली कांग्रेस गण्डकी प्रदेशका पार्टी सभापति एवं पुस्तकालयका संरक्षक शुक्रराज शर्मा, महामन्त्री एवं संरक्षक विष्णुप्रसाद लामिछाने लगायतको उपस्थितिमा पुस्तकालयका अध्यक्ष एवं नेपाली कांग्रेस गण्डकीका प्रवक्ता माधवप्रसाद बास्तोला ‘मधु’लाई हस्तान्तरण गरे ।

विपीका राजनीतिक एवं साहित्यिक दस्तावेजसँगै विभिन्न खोज तथा अनुसन्धानात्मक कृतिको संग्रहसँगै प्रदेशकै अध्ययनको केन्द्रका रुपमा पुस्तकालय सञ्चालन गर्ने लक्ष्य लिइएको पुस्तकालयका संरक्षक शर्माले बताए । ‘यो पुस्तकालय विपीका सम्बन्धमा शोध तथा अनुसन्धान गर्नेका लागि पनि महत्वपूर्ण गन्तव्य हुन सक्छ’, उनले भने ।

Advertisement

पुस्तकालयसँगै नेपाली काँंग्रेस गण्डकी प्रदेशले स्थापनाको लक्ष्य लिइएकोे ५० लाख रुपैयाँको अक्षयकोषबाट गण्डकी प्रदेशमा प्रजातन्त्रका लागि विशिष्ट योगदान गर्ने ११ वटै जिल्लाका ११ जनालाई वार्षिक रुपमा २५ हजार रुपैयाँ नगदसहित सम्मान गर्ने लक्ष्य लिइएको नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका सदस्य शिरोमणि बरालले सुनाए ।

तपाईको प्रतिक्रिया