दुर्घटनाग्रस्त विमानकाे आइतबार मात्रै पाेखराका लागि दोस्रो उडान थियाे

समाधान संवाददाता २०७९ माघ १ गते १५:०५

पोखरा ।
पोखरामा आइतबार दुर्घटना भएको यती एयरलाइन्सको विमान दोस्रो पटक पोखरामा अवतरण गर्ने बेलामा दुर्घटनामा परेका खुलेको छ । आइतबार बिहान काठमाडौं–पोखरा रुटमा तीनचोटि उडान गरेको थियो ।
विमानको पहिलो उडान काठमाडौंबाट पोखरा थियो ।

Advertisement

उडान ट्राक गर्ने फ्लाइट राडार२४ का अनुसार त्यसपछि उक्त जहाज पोखराबाट काठमाडौं फर्किएको थियो । फ्लाइटराडार२४ का अनुसार पोखराका लागि उडेको जहाज दोस्रो पटक पोखरामा अवतरण गर्ने बेलामा विमानस्थलनजिकै सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको हो ।

सुरुमा काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट यतीको एटीआर ७२ विमान बिहान ८ः०५ बजे पोखरा उडान भरेको थियो । यति एयरलाइन्सको ९एनएनसी जहाज बिहान ८ः३१ मा पोखरा विमानस्थल अवतरण गरेको थियो। पोखराबाट ८ः५० मा उडेको विमान काठमाडौंमा ९ः१८ अवतरण गरेको थियो । फेरि ६८ यात्रु बोकेर काठमाडौंबाट १०ः३२ मा उडान गरेकोमा पोखरामा १०ः५९ मा दुर्घटना परेको फ्लाइटराडार२४ले देखाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया