विमान दुर्घटनामा पर्नबाट भाग्यबस जोगिए: पशुपति शर्मा

समाधान संवाददाता २०७९ माघ १ गते १७:११

पोखरा ।
लोकगायक पशुपति शर्माले भाग्यबस आइतबार पोखरामा भएको दुर्घटनामा पर्नबाट जोगिएको बताएका छन् । आइतबार यती एयरलाइन्सको विमानबाट पोखरा आउने टिकट रद्द गराएको उनले बताए । पोखराबाट फर्किन विमानको प्रतीक्षामा थिए । अचानक दुर्घटनाको खबर पाएपछि उनी स्तब्ध छन् । कर्म र ग्रहले आफू दुर्घटनाबाट बचेको उनको भनाइ छ ।

Advertisement

‘खासमा आज मेरो यही विमानमा पोखरा आउने कुरा थियो । तर, मेरा अरु पनि कामहरु भएकाले गर्दा आजको फ्लाइट क्यान्सिल गरेर म दुई दिनअघि नै बुद्ध एयरबाट पोखरा आएको थिएँ । आज म पोखराको कार्यक्रम सकेर काठमाडौं फर्कन आँटेको हो’ उनले भने–‘फ्लाइट कुरिरहेको थिएँ । विमान दुर्घटनाको खबर आउँदा पनि म यहीं नै थिएँ ।’ विमान अवतरण होला भनेर पर्खेर वसेको तर पछि दुर्घटनाको समाचार देखेपछि साह्रै नमज्जा लागेको उनले बताए ।

‘दुर्घटना भएको विमानका यात्रुका परिवारहरु यहाँ पर्खाइमा हुनुहुन्थ्यो होला । दुर्घटनाको खबर सार्वजनिक हुनेबित्तिकै यहाँका अधिकतम मानिसहरु दुर्घटनास्थल क्षेत्रतर्फ लाग्नुभयो’ उनले थपे–‘त्यसैले दुर्घटनापश्चात उहाँहरुको स्थिति कस्तो छ । के छ भन्ने कुराको ख्याल भने मैले गर्न पाइनँ ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु भएको पुष्टि गरेको छ।

Advertisement

तपाईको प्रतिक्रिया