
तनहुँ ।
जिल्लाको म्याग्दे गाउँपालिका ७ वरभञ्याङ खर्कका ईन्द्रप्रसाद तिवारीले व्यावसायिक कालिज फार्म सञ्चालन गरेका छन् । करिब २२ रोपनी क्षेत्रफलमा उनले गण्डकी कृषि फार्म दर्ता गरी २ हजार ५ सय कालिज पालेका थिए ।
करिब डेढ वर्ष अघिदेखि गाउँमा नै कृषि र उत्पादनमा लागौँ भनेर ३ करोडको लगानीमा कालिज पाल्न सुरु गरेको उनले बताए । केही समयपछि तरकारी खेतीलाई पनि सँगसँगै लैजाने उनको सोच छ । कालिजको अण्डालाई ह्याचरी गरी फार्ममै कालिज उत्पादन गर्ने गरिएको उनले जानकारी दिए ।
‘हरेक कालिजले अण्डा दिनका लागि कम्तीमा ६ महिना लाग्छ,’ उनले भने, ‘उत्पादन भएको अण्डा यही खपत हुने गरेको छ ।’ कालिजलाई दाना र स्थानीय घाँस खुवाउने गरिएको छ । यसले गर्दा कालिज अग्र्यानिक र स्वादिलो हुनुका साथै लागतमा कमी गर्न सकिन्छ ।
प्रतिभाले कालिज २ हजार ५ सय र पोथी १ हजार ८ सयमा बिक्री गर्दै आएको उनले बताए । अण्डाको प्रतिक्रेट ९ सयमा बिक्री हुन्छ । उनले भने, ‘फार्ममा दैनिक १ हजार ५ सयसम्म अण्डा उत्पादन हुँदै आएको छ ।’
अण्डा र कालिज खरिदका लागि फार्ममा नै ग्राहक आउने गरेका छन् ।
ठूलो लक्ष्यका साथ काम गरिएको हुँदा अझ बढी लगानी गर्ने योजना रहेको कृषक तिवारीले बताए । सम्बन्धित निकायले व्यावसायिकरूपमा कृषि र व्यावसायिक फार्मका लागि सरकारले उचित अनुदान र व्यवस्थापन गर्नुपर्ने कृषक तिवारीको सुझाव छ ।
कृषकलाई उत्पादनमा जोड्न र समस्या समाधानका लागि पालिकाले जोड दिँदै आएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया