अस्पतालमा नाराबाजीः ३६ घण्टा भयो लास अझै कति कुर्ने

पोखरा ।
जहाज दुर्घटनाबाट आइतबार ज्यान गुमाएकाहरुको शव पोस्टमार्टमको प्रक्रिया सुरु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सूचना जारी गर्दै शव व्यवस्थापन तथा परीक्षणको प्रक्रिया भएको जनाकारी गराएपनि मृतका आफ्न्तले पहिचान भएका शवलाई दिनुपर्ने भन्दै नाराबाजी गरेका छन् ।
उनीहरूले संघ सरकारलाई देखाउँदै लास हस्तान्तरणमा ढिलाइ गरेको भन्दै आक्रोशित बनेका हुन् । लास लिन सोमबार बिहान ९ बजे बोलाएपनि अझै बिभिन्न बाहानमा लास नदिएको भन्दै नाराबाजीमा उत्रिएका हुन् ।
एक आफन्तले भन्दै थिए, ९ बजे भनेका अहिले कति बज्यो। दुखमाथी दुख दिने । पिडामाथी पीडा थपिएको छ । कोही प्रेसरको औंषधी खान्छ । कसैलाई यतातिर ध्यान गएको छ ।
हालसम्म ६८ वटा शव प्रतिष्ठानमा आइपुगेको सूचनामा उल्लेख छ । पहिचान खुलेको नखुलेको छुट्टाछुट्टै राखिने र शव परीक्षण गर्दै क्रमश आफन्तको जिम्मा लगाइने प्रतिष्ठानका निर्देशक भरतबहादुर खत्रीले जानकारी दिए ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया