रोश्मा भइन् मिस तामाङ

पोखरा ।
मिस तामाङ पोखराको उपाधि रोश्मा तामाङले जितेकी छन् । बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा आइतबार भएको प्रतियोगिताको ग्रान्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै उनी उपाधि जित्न सफल भइन् । उपाधिसँगै उनले १ लाख रुपैयाँ नगदसहित ताज र ट्रफी प्राप्त गरिन् । उनले मिस कन्फिडेन्टको उपाधिसमेत जितिन् ।
जुना तामाङ फस्ट रनरअफ भइन् । उनले ५० हजार रुपैयाँसहित ताज र ट्रफी प्राप्त गरिन् । प्रिती तामाङ दोस्रो हुँदै नगद ३० हजार प्राप्त गरिन् । भ्युअर्स च्वाइसको उपाधि रेनुका तामाङले हात पारिन् । उनले २० हजार प्राप्त गरिन् ।
मिस टयालेन्ट विकिता तामाङ, जुना तामाङ मिस पपुलर, विपना तामाङ मिस पन्चुअल, बेस्ट स्माइल लक्ष्मी तामाङ, बेस्ट हेयर जिना तामाङ, बेस्ट स्किन योगिता तामाङ, ब्युटी विथ प्रपोज सुमित्रा तामाङ, मिस डिसिप्लिन रेनुका तामाङ, बेस्ट वाक कृतिका तामाङ, फोटोजेनिक निशा तामाङ, ग्रेसफुल आकृति तामाङ, मिस कल्चर सुप्रिया तामाङ, मिस फेन्डली मनिषा तामाङ र वेस्ट परफर्मरको टाइटल अर्विना तामाङले जिते ।
निर्णायकमा जोन्टा क्लब अफ पोखरामा अध्यक्ष मोनिका थापा, गीतकार तीर्थ तामाङ, पूूर्व मिस तामाङ पोखराका रनरअप सजना वाइवा, जेसीज पोखराका अध्यक्ष गणेश गिरी छन् । पोखरामा जहाज दुर्घटना भएपछि मनोरञ्जनात्मक कार्यक्रम विना नै प्रतियोगिता आयोजना भएको थियो ।
कार्यक्रमको सम्पूर्ण तयारी भइसकेपछि प्रतियोगिता स्थगित गर्न नमिल्ने भएकाले सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम विना नै प्रतियोगिता आयोजना गरिएको समाजका अध्यक्ष ज्याक तामाङले बताए । बिजी बि क्याफेले कार्यक्रम प्रायोजन गरेको हो ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया