मगरले मनाए माघी

समाधान संवाददाता २०७९ माघ ३ गते १२:२९

लेखनाथ ।
नेपाल मगर संघ बुढिबजार इकाइ समिति पोखरा २६ ले माघे संक्रान्तिको अवसर पारेर सामूहिक रुपमा माघी पर्व मनाएको छ । परम्परादेखि मगर समुदायले हरेक माघको पहिलो दिनलाई पर्वको रुपमा मनाउने चलन छ ।

Advertisement

कार्यक्रममा संघ स्थापनादेखि संस्थालाई आर्थिक एवं भौतिक सहयोग गर्र्र्दै आएका सहयोगदाता, संस्थापक कार्यसमितिका पदाधिकारी तथा पूर्व पदाधिकारीलाई सम्मान गरिएको छ । कार्यक्रममा पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाले आफनो भाषा र संस्कृतिलाई जोगाइराख्नका लागि यस प्रकारका कार्यक्रम उपयोगी भएको बताए ।

नेपाल मगर संघ बुढिबजार इकाइ समिति अध्यक्ष रामबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा कौडा नृत्य संयोजक दैउकुमार थापा, भूपू जिल्ला सदस्य बेलबहादुर थापा मगर, संस्थापक अध्यक्ष यमबहादुर थापा, भवन संरक्षण समितिका संयोजक गणेशबहादुर आले मगर, कोषाध्यक्ष कृष्णकुमारी थापामगर, सचिव केशबहादुर थापामगर, उपाध्यक्ष भीमकुमारी सारुमगर लगायतले आफानो जातीय एकतालाई ध्यानमा राख्दै धर्म र संस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया