थाक गाउँमा हाइकिङ

पोखरा ।
हाइकर्स क्लब नेपालको आयोजनामा स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने नाराका साथ ३ वर्षदेखि पोखरालाई केन्द्र मानेर निरन्तर सञ्चालन भएको हाइकिङ भाग ३० को श्रृङ्खला गत शनिबार मादी गाउपालिका वडा नं. ६ स्थित थाक गाउँमा भएको छ ।
पहिलोपटक हाइकिङमा सहभागी पोखरा उद्योग वाणिज्य संघका पूर्व कार्यसमिति सदस्य तथा पोखरा ग्रान्ड टुर्स एन्ड ट्राभल्सका सञ्चालक कीर्तिभल्लव त्रिपाठीले राज्यको लगानी विना पर्यटनको विकासमा योगदान दिने कार्य गरेकोमा हाइकर्स क्लब नेपाललाई धन्यवाद दिए । उनले आफ्ना ग्राहकका लागि डे हाइक तथा सर्ट ट्रेकिङ रुटको रुपमा थाकलाई प्रमोसन गर्ने पनि वताएका थिए ।
हाइकिङमा सहभागी अर्का पर्यटन व्यवसायी कृष्ण क्षेत्रीले ग्रामीण क्षेत्रको प्रबद्र्धनमा हाइकर्स क्लबले खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गरे । हरेक महिनाको अन्तिम शनिबार हुने हाइकिङलाई १५÷१५ दिनमा गर्न उनले सुझाव दिएका थिए ।
महिनाको कम्तीमा एक पटक ७/८ घण्टा हिड्नु र ग्रामीण परिवेशको अध्ययन अवलोकन गर्नु उचित हुने हाइकिङका संयोजक पत्रकार कृष्ण रानाभाट बताउँछन् । स्थापनाको समयदेखि हाइकिङमा सहभागी हुँदै आएका रेडियो सफलताका सञ्चालक मधु अधिकारीले हाइृकिङमा सहभागीको रुचि बड्दै गएकाले सम्बन्धित निकायमा दर्ता गरेर विधिवत रुपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए ।
शनिबार विहान ८ वजे पोखरा १३ काहुँखोलामा भेला भई सार्वजनिक वसमा थाकसम्म गएको र दिन भर थाक गाउँमा अवलोकन भ्रमण, एकापसमा परिचय तथा स्थानीय समाजसेवी उमेश मगरले खानपिनको व्यवस्थापन गरेको सो हाइकिङमा गृहणी, विद्यार्थी, व्यवसायीसमेत गरी १८ जनाको सहभागिता थियो ।
तपाईको प्रतिक्रिया