२४ औं माछापुच्छ्रे कराँते प्रतियोगिता
पोखरा ।
पोखरा १७ महतगौंडा ढुंगेसाँघुमा २४ औं माछापुच्छ्रे फुलकन्ट्रयाक कराँते प्रतियोगिता भएको छ । नेपाल स्ट्रोंगेस्ट क्योकुशिन काईकान कराँत आइकेओके सोनादा ग्रुप नेपाल अन्तर्गतको कराँते संघ कास्कीको आयोजनामा प्रतियोगिता भएको हो ।
खेलकुद परिषदका वोर्ड सदस्य राजेश कु गुरुङले खेलकुदले खेलाडीको शारिरीक, मानसिक, तथा बौद्धिक विकासमा टेवा पुर्याउने बताए । आगामी दिनमा प्रतियोगिता सफल बनाउन पूर्ण सहयोग गर्ने उनकाे भनाइ थियाे ।
नवौँ राष्ट्रिय खेलकुद २०७९ मा उत्कृष्ट नतिजा ल्याएका खेलाडी रूपक नेपाली, आतेश बुढाम शिव भुजेल, पुष्प कुँवरलाई जनहि ३ हजार तथा प्रमाणपत्र प्रदान गरिएको संघका अध्यक्ष कृष्णबहादुर नेपालीले बताए ।
पुरुषतर्फ ३०, ३५, ४०,४५ र ५० केजी तौल समुहकोबिच प्रतियोगिता भएको थियो । महिला तर्फ ३५ र ४५ केजी तौल समुहबिचमा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा कास्की, रुपन्देही, धादिङ, स्याङजा, नुवाकोटगरि २५०जनाको सहभागी रहेको अध्यक्ष नेपालीले जानकारी दिए ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई शिल, मेडल र प्रमाण पत्र सहित नगद दिइएको थियो । मुख्य जुरीको रूपमा, रूपक नेपाली, रत्नबहादुर आले मगर थिए भने सहायक जुरीका रूपमा गणेश लामा र बिजय आले मगर थिए ।
संघका उपाध्यक्ष विजय आले मगर, भिमसेन कार्कीले प्रतियोगिताले खेल क्षेत्रमा योगदान पुर्याएका बताएका थिए ।
कार्यक्रमको अध्यक्षमा संघका अध्यक्ष नेपाली थिए । कार्यक्रम सञ्चालन नेपाल क्योकुशिन काईकानका कास्कीका अध्यक्ष प्रकाश क्षेत्रीले गरेका थिए ।









पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया