लन्डनका मेयर रोयल ट्रेकमा

पोखरा ।
ब्रिटिसको लन्डन सदर्क काउन्सिलका मेयर सुनिल चोप्राले पोखराले पर्यटनको माध्यमबाट समृद्धि हासिल गर्न सक्ने बताएका छन् । पोखरा महानगरपालिका वडा नं. २६ बाट प्रारम्भ हुने रोयल ट्रेकको बिहीबार निरिक्षणका क्रममा मेयर चोप्राले पोखरा उपत्यकाका डाँडाबाट प्रकृतिको मनोरम दृश्यावलोकन गर्न सकिने उल्लेख गर्दै पर्यटनका क्षेत्रमा लगानीको वातावरण बनाउन आग्रह गरे ।
पत्नी भर्षासहित पोखरा भ्रमणमा आएका मेयर चोप्राले बिट्रिसका तत्कालीन युवराज चाल्र्सले समय बिताएको पोखरा २६ को सिलिंगे ट्राइगर ट्रिमा स्थानीय जनप्रतिनिधिसँग यस क्षेत्रको विकासको सम्भावनाका बारेमा छलफलसमेत गरेका थिए । मेयर चोप्राले रोयल ट्रेकमा झण्डै १ किलोमिटर पैदलयात्रा गरेका छन् ।
पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाले सिलिंगेमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण, रोयल ट्रेकको विकास एवं बिट्रिसका राजा चाल्र्स थर्डलाई पुन एक पटक नेपाल भ्रमणको वातावरण मिलाईदिन आग्रह गरे । अध्यक्ष थापाले सदर्क नगर र पोखरा महानगरपालिकाको बीचमा भगिनी संवन्ध स्थापना गरी कला र संस्कृतिको आदानप्रदान गर्न सकिने बताए ।
मेयर चोप्राको भ्रमणका लागि पूर्व पर्यटनदूत एवं एभरेस्ट इन युके अध्यक्ष पशुपति भण्डारीले सहजीकरण गरेका हुन् । मेयर चोप्रालाई पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापा, वडा नं. २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछाने, वडा नं. १३ का अध्यक्ष किरण बराल, वडा नं. ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, वडा नं. २६ का जनप्रतिनिधि लक्ष्मीदेवी भट्टराई, तीर्थबहादुर राजभाट, सुजता बराल सुनार, सुदीपराज ढुंगाना, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा, स्थानीय हरि अधिकारी, चन्द्रबहादुर रानाभाट, शिवबहादुर रानाभाट, चिनिया थापा, डम्बरबहादुर थापा, मदन बस्नेत लगायतले स्वागत गरेका थिए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया