बलभद्र कुँवरको सम्झना

पोखरा ।
कुँवर समाज नेपाल कास्कीले संस्थाको साधारणसभासहित राष्ट्रिय विभूति बलभद्र कुँवरको २ सय ३४ औं जन्मजयन्ती एवं कुँवर एकता दिवस मनाएको छ । कार्यक्रममा सांसद भक्तबहादुर कुँवरले देश जोगाउन वीर बलभद्रले गरेको योगदान स्मरण गरे ।
उनले कुँवरहरुलाई एकताको सूत्रमा बाँध्न कास्कीले खेलेको भूमिका अनुकरणीय रहेको बताए । पोखरा १५ का वडा सदस्य आशीष भण्डारीले सामुदायिक भवनमा वडाको र आफ्नो तर्फबाट सहयोग गर्ने बताए ।
केन्द्रीय उपाध्यक्ष निरज कुँवर थापाले २ वर्षअघि देखि मनाउँदै आएको कुँवर दिवसको सबैलाई शुभकामना दिए । कास्कीका पूर्व अध्यक्ष विष्णुबहादुर कुँवरले बलभद्रको जीवनी र बहादुरीबारे प्रकाश पारे ।
सभाले सचिव र कोषाध्यक्षको प्रतिवेदन पारिगरेको छ । कार्यक्रममा ललित कुँवर, बुद्धिमान कुँवर थापा, निमबहादुर कुँवर, मनु कुँवर थापा, राजु कुँवर, दुर्गाबहादुर कुँवर, इन्जिनियर यामबहादुर कुँवर थापा, वीरेन्द्र कुँवर लगायतले बोलेका थिए ।









एनप्याब्सन क्रिकेटमा ५ खेल
ददिको ज्ञानिकामाथि पोखरामा विमर्श
लामिनारद्वारा ‘मेरो सपनाको घर’ अभियान
बोन म्यारो पीडित थापाको सहयोग याचना
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया