बलभद्र कुँवरको सम्झना

समाधान संवाददाता २०७९ माघ २० गते १२:१८

पोखरा ।
कुँवर समाज नेपाल कास्कीले संस्थाको साधारणसभासहित राष्ट्रिय विभूति बलभद्र कुँवरको २ सय ३४ औं जन्मजयन्ती एवं कुँवर एकता दिवस मनाएको छ । कार्यक्रममा सांसद भक्तबहादुर कुँवरले देश जोगाउन वीर बलभद्रले गरेको योगदान स्मरण गरे ।

उनले कुँवरहरुलाई एकताको सूत्रमा बाँध्न कास्कीले खेलेको भूमिका अनुकरणीय रहेको बताए । पोखरा १५ का वडा सदस्य आशीष भण्डारीले सामुदायिक भवनमा वडाको र आफ्नो तर्फबाट सहयोग गर्ने बताए ।

केन्द्रीय उपाध्यक्ष निरज कुँवर थापाले २ वर्षअघि देखि मनाउँदै आएको कुँवर दिवसको सबैलाई शुभकामना दिए । कास्कीका पूर्व अध्यक्ष विष्णुबहादुर कुँवरले बलभद्रको जीवनी र बहादुरीबारे प्रकाश पारे ।

Advertisement

सभाले सचिव र कोषाध्यक्षको प्रतिवेदन पारिगरेको छ । कार्यक्रममा ललित कुँवर, बुद्धिमान कुँवर थापा, निमबहादुर कुँवर, मनु कुँवर थापा, राजु कुँवर, दुर्गाबहादुर कुँवर, इन्जिनियर यामबहादुर कुँवर थापा, वीरेन्द्र कुँवर लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया