पोखरा १५ का भूमिहीनलाई निस्सा वितरण

पोखरा ।
पोखरा महानगरपालिका वडा नं १५ का भूमिहीनलाई निस्सा वितरण सुरु गरिएको छ । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ, भुमि आयोग कास्कीका अध्यक्ष गंगा पोखरेल र पोखरा १५ का वडाध्यक्ष तोरणबाहदुर बानियाँले निस्सा वितरण गरेका हुन् ।
उपप्रमुख गुरुङले सीमा गिरी पुरीलाई पहिलो निस्सा हस्तान्तरण गरेकी छन् । गुरुङले निर्वाचनले रोक्किएको निस्सा वितरण कार्य फेरी सुरु भएको बताउँदै कुनैपनि नागरिक जग्गा विहिन नहोस भन्ने उद्देश्यले काम अगाडी बढेको बताइन् । अब कोही पनि भूमिविहिन हुने अवस्था नरहने उनले बताइन् ।
निस्सा प्राप्त व्यक्तिहरुले जग्गा पाउने निश्चित भएको अध्यक्ष पोखरेलकाे भनाइ छ । निस्सा सेतो कागज मात्रै नभई रातो पुर्जा पाउने प्रमाण भएको बताउँदै यसलाई जतन गरेर राख्न पाेखरलले आग्रह गरे । लामो समयपछि भूमिहीन, सुकुम्वासीले बासोबासका लागि जग्गा प्राप्त गर्ने अवस्था सृजना भएको उनले बताए ।
वडाध्यक्ष बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य बलराम पौडेल, वडा स्तरीय सहजीकरण समितिका सदस्य नरेश थापा लगायतले बोलेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया