सबलाइम माविको वार्षिकोत्सव

पोखरा ।
पोखरा महानगरपालिका ७ रत्नचोकमा अवस्थित सबलाइम अंग्रेजी माध्यमिक विद्यालयको २७ औँ वार्षिकोत्सव भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवम् विद्यालय निर्देशक त्रिभुवन पराजुलीको अध्यक्षतामा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको हो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कार्यालय कास्कीका प्रमुखनारायण प्रसाद सुवेदीले हरेक विद्यार्थी कुनै न कुनै विद्यामा निपूर्ण हुने बताए । उनले विद्यालयलाई पढाइसँगै खेलकुद, संगीत, कलाका विषय पनि सञ्चालन गर्न आग्रह गरे ।
‘२१ औँ सताब्दीको विद्यार्थीलाई हरेक क्षेत्रमा मौकाहरु रहेको हुन्छ, जस अनुसार विद्यालयले पढाइको अलावा खेलकुद, संगीत, कला नृत्य जस्ता विषयको समेत कक्षा सञ्चालन गरी विद्यार्थीको रुचि र क्षमता अनुसार पठन पाठनलाई जोड दिनुपर्छ,’ सुवेदीले भने ।
वडाको अभिभावकको हैसियतले विद्यालयले गर्ने हरेक कार्यमा सहकार्य गर्न तयार रहेको पोखरा महानगरपालिका ७ का वडाध्यक्ष राममोहन आचार्यले बताए ।
‘विद्यालय र वडाले आयोजना गरेका हरेक कार्यमा समेत दुवै पक्ष हातेमालो गर्दै अगाडि बढ्ने कुरामा हामी प्रतिवद्ध छौं,’ वडाध्यक्ष आचार्यले भने । प्याब्सन, केन्द्रीय उपाध्यक्ष एवम् गण्डकी प्रदेश इन्चार्ज कृष्ण केसीले विद्यालयले छोटो समयमा नै गरेका प्रगतिको प्रशंसा गरे ।
राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश कार्यालयका निर्देशक लक्ष्मण देवकोटाले आफू स विद्यालयसँग स्थापनाकालदेखि निकट रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायक रामजी खाँडको प्रस्तुति रहेको थियो । प्रधानाध्यापक पुष्पराज पराजुलीले विद्यालयको प्रतिवेदन, आगामी कार्यक्रम र विगतमा विद्यालयले हासिल गरेका उपलब्धि प्रस्तुत गरे ।
सोही कार्यक्रममा विद्यालयको वार्षिक परीक्षा २०७८ मा ४ जिपिए प्राप्त गर्न सफल विद्यार्थीलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयको मुखपत्र सबलाइम दर्पणसमेत विमोचन गरिएको थियो । कार्यक्रममा विद्यालयका नेपाली विभाग प्रमुख कमलापति शर्माले पनि बोलेका थिए ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया