पोखरा कलेज अफ म्यानेजमेन्टमा ग्रेजुएसन समारोह

समाधान संवाददाता २०७९ फागुन १० गते ११:०७

पोखरा ।
पोखरा कलेज अफ म्यानेजमेन्ट(पिसिएम)ले कलेजबाट स्नातक तह उत्तीर्ण विद्यार्थीको सम्मानमा मंगलबार ग्रेजुएसन समारोह आयोजना गरेको छ । समारोहमा बिबिए र बिसिआइएस कार्यक्रममा गरी ७८ विद्यार्थीलाई ग्रेजुएसन गरिएको कलेजका बिबिए कार्यक्रम संयोजक सरोज कुँबरले बताए ।

समारोहमा पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. दयाराज ढकालले विश्वविद्यालय र कलेजले प्रदान गरेको शिक्षालाई विद्यार्थीले समाजको हितमा प्रयोग गर्नुपर्नेमा जोड दिए । समाजमा सबैले सम्झनालायक काम गरेर जीवन बिताउनुपर्नेसमेत डिन ढकालको भनाइ छ ।

कार्यक्रममा यस वर्ष दीक्षित विद्यार्थीलाई डिन ढकालले कार्यक्षेत्रमा कर्तव्यनिष्ठ भएर विश्वविद्यालय र कलेजको शिर उँचो बनाउनु आग्रह गरे । कार्यक्रममा पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक डा. तुलसीराम भण्डारी, प्राडा विनायकप्रसाद भद्रा, कलेजका प्राचार्य डा चैतन्यराज अधिकारी र उपप्राचार्य लिना नेगी श्रेष्ठ लगायतले बोलेका थिए ।

Advertisement

कलेज व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष कोमलप्रसाद तिमिल्सिनाको अध्यक्षतामा कार्यक्रम भएको हो । पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त गरी २०५८ मा स्थापित यस कलेजमा हाल स्नातक तहमा बिबिए र बिसिआईएस (आइटी) कार्यक्रम अध्ययनअध्यापन हुने बिसिआईएस कार्यक्रम संयोजक हरिप्रसाद बरालले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया