कास्की मोडनाइजलाई फुटसल उपाधि

समाधान संवाददाता २०७९ फागुन ११ गते १२:४५

पोखरा ।
कास्की मोडनाइज एकेडेमीले प्रथम हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगिताको उपाधि जितेको छ । कास्की मोडनाइज एकेडेमी जुनियर सिटिजन एकेडेमी (जेसिए) लेखनाथलाई ट्राइब्रेकरमा ४–१ गोल अन्तरले हराउँदै उपाधि हात पार्न सफल भयो ।

हिसान कास्की छनाृट प्रतियोगतामा जेसिएसँग हारको बदला लिदै कास्की मोडनाइज एकेडेमीले उपाधिसँगै नगद १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र जित्न सफल भयो । उपविजेता बनेको जेसियले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्‍यो । निर्धारित समयमा २/२ गोल भएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।

निर्धारित समयमा कास्की मोडनाइजका लागि प्रनिल रायमाझीले २ गोल गरे । जेसिएका लागि निशान गुरुङ र लोहार पुनले समान १ गोल गरे । खेलको अन्तिम मिनेटमा कास्की मोडनाइज ४ खेलाडीमा सिमित भयो । विजय गिरी रातो कार्ड खाँदै बाहिरिए ।

Advertisement

मंगलबारको खेलमा फ्युचर ब्राइटर बाग्लुङसँग हारेको जेसिएले उजुरी गरेपछि बुधबार फाइन खेल खल्न पाएको हो । ब्राइटरले फर्जी खेलाडी खेलाएपछि आयोजकले जेसिएलाई फाइनल खेल्ल दिएको थियो ।

फाइनल खेलको म्यान अफ दि म्याच हुँदै कास्की मोडनाइज एकेडेमीका गोल किपर रोहन क्षेत्री बने । एकेडेमीकै प्रनिल रानाभाटले प्रतियोगिता अवधिभर १० गोल गर्दै हाइस्कोरको उपाधि जिते ।

Advertisement

उत्कृष्ट खेलाडीको उपाधि भने जेसिएका विकास परियारले पाए । फाइनल खेलमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोगी हुने बताए ।

प्रतियोगिताका विजयी खेलाडीलाई गण्डकी प्रदेश शिक्षा विकास निर्देशनालय पोखराका निर्देशक अम्बिकाप्रसाद आचार्य, आयोजन हिसान गण्डकी अध्यक्ष रमाकान्त बराल, सचिव पुण्यप्रसाद शर्मा, सबिन ममोरियल क्लब पोखराका अध्यक्ष सञ्जय लिगल, प्रतियोगिताका संयोजक सन्तोष पराजुली लगायतले पुरस्कार वितरण गरे । प्रतियोगितामा गण्डकी प्रदेशका ४ जिल्लाका १३ टिमले भाग लिएका थिए ।

तपाईको प्रतिक्रिया