सरसफाइमा मल्टिमोडलका विद्यार्थी

समाधान संवाददाता २०७९ फागुन १२ गते १२:१२

पोखरा ।
पोखरा मल्टिमोडल क्याम्पसमा कक्षा ११, १२ व्यवस्थापन एवमं विज्ञान र बिबिएस संकायका विद्यार्थीहरुले सामाजिक उत्तरदायित्व अन्र्तगत बृहत सरसफाइ कार्यक्रम आयोजना गरे । पोखरा मल्टिमोडल क्याम्पसले सञ्चालन गरेको उक्त सरसफाइ कार्यक्रम उद्घाटन पोखरा महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालले गरे ।

जिरोकिलो मिटर, सिर्जनाचोक हुँदै पृथ्वीचोकसम्म भएको सरसफाइ कार्यक्रममा वडा नम्बर ८ स्थानीयलाई ‘आफ्नो घर आँगन आफै सफा गरौं’ भन्ने सन्देश प्रदान गरिएको थियो । क्याम्पस प्रमुख कृष्णबहादुर केसीले सरसफाइ अभियानले विद्यार्थीमा सामाजिक उत्तरदायित्वको भावना विकास भई योग्य नागरिक बन्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रम वडाअध्यक्ष रुद्रनाथ बराले यस प्रकारका कार्यक्रमहरुले विद्यार्थीहरुमा एवं समाजमा सकरात्मक सोचको विकास हुने विचार व्यक्त गरे । उक्त कार्यक्रम संयोजन वडा नम्बर ८ का सामाजिक कार्यकर्ता एवं क्याम्पसका शुभचिन्तक बलराम बरालले गरेका थिए ।

Advertisement

कार्यक्रमका अतिथिहरुलाई पोखरा मल्टिमोडल प्रालिका प्रबन्धक सञ्चालक राजकुमार गिरीले स्वागत गरेका थिए । उक्त अवसरमा वडा नम्बर ८ का निर्वाचित प्रतिनिधिहरु किरण गौतम, लक्ष्मी कौशल, कृष्णमान ठुसाजु, पुष्पराज सिग्देल सहभागी थिए ।

Advertisement

तपाईको प्रतिक्रिया