आत्मनिर्भर लघुवित्तको आइपिओ

काठमाडौं ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले बिहीबारदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ६ करोड २३ लाख ३८ हजारको ३२ दशमलव ६२५ प्रतिशतअर्थात् २ करोड ३ लाख ३८ हजार बराबरको प्रतिशेयर १ सय दरका २ लाख ३ हजार ३ सय ८० कित्ता सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो ।
जसमध्ये २० हजार ३ सय ३८ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गरी बाँडफाँटसमेत गरिसकेको र ३ हजार १सय १७ कित्ता सेयर कर्मचारी तथा १० हजार एक सय ७० कित्ता शेयर सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी रहेको १ लाख ६९ हजार सात सय ५५ कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरिएको छ ।
निष्कासित शेयरमा लगानीकर्ताले यही फागुन १५ गतेभित्र आवेदन दिनुपर्ने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता शेयरसम्मको आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट तथा अनलाइनमा ‘मेरो शेयर’ मार्फत शेयर खरिदको आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर रेटिङ्स नेपालले ‘केयर एनपी बी प्लस इस्युअर’ रेटिङ प्रदान गरेको छ ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया