अन्नपूर्णका विद्यार्थीलाई झोला, अभिभावकलाई बाख्रा

पोखरा ।
अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९ स्थित भूमे आधारभूत विद्यालय सुदामे र भगवती माध्यमिक विद्यालय तिखेढुङ्गाका विद्यार्थीलाईडिजी युनिभर्सिटीका अध्यक्ष हुङ्ग लिले स्कुल ब्याग र अभिभावकलाई बाख्रा वितरण गरेका छन् ।
डिजी युनिभर्सिटी कोरियाका अध्यक्ष लिले सरकारी विद्यालयमा पढ्ने ग्रामीण क्षेत्रका विद्यार्थीको पढाइलाई निरन्तरता दिने उद्देश्यले सहयोग गर्दा पाएको स्वागत नै आफ्ना लागि पुरस्कार भएको बताए । लिले थपे, ‘हामी पनि कोरियाका विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई स्वागत गर्न र सघाउन प्रतिवद्ध छौं ।’
युनिभर्सिटीको अभियन विभाग र पाककला विभागका प्रमुख हुङ गो लि, ज्याङ जिओन लि, मुन जुङ चोइ, हुङ इयुन जोङले आगामी दिनमा पनि यस्तो सहयोग निरन्तर गरिरहने जानकारी दिए ।
कोरियाली टिमले भूमे आधारभूत विद्यालय सुदामेका विद्यार्थीलाई ९० वटा स्कुल ब्याग र २० वटा माऊ बाख्रा वितरण गरेको थियो । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पुप्षा पुनले बाख्रा वितरणले विद्यार्थीको शैक्षिक खर्च पूरा हुने बताइन् । अभिभावकले पाएको बाख्रा र विद्यार्थीको शैक्षिक सामग्री यथोचित सदुपयोग हुने प्रधानाध्यापक तेज शर्माले जानकारी दिए ।
कोरियाली टिमले भगवती माध्यमिक विद्यालय तिखेढुङ्गाका विद्यार्थीलाई २ सय वटा स्कुल व्याग र अभिभावकलाई ६० वटा माऊ बाख्रा वितरण गरेको थियो । अर्थ समितिका संयोजक मेजर हितमान गुरुङले स्वयम्सेवी प्राध्यापक एवं कला शिक्षक किमका कारण विद्यालयले सहयोग पाएको बताए ।
गुरुङले भने, ‘भिजिट भिसामा नेपाल आउजाउ गर्ने किमले नेपाली विद्यार्थीलाई कला सिकाए । अन्नपूर्ण ड्रोइङ ड्रिम टिमका विद्यार्थीलाई भगवती स्कुलको ३ मिटर उचाई र ३० मिटर लम्बाईको पर्खालमा सामूहिक चित्र बनाएर नेपाल कै ठूलो कला निर्माण गर्न लगाए ।’
‘खसीले मसी’ हुन्छ भन्ने सन्देश दिन, विपन्न विद्यार्थीको पढाइलेखाइलाई सहयोग गर्न माऊ बाख्रा वितरण, जाडोमा विद्यार्थीलाई न्यानो कपडा, विद्यालय पोसाक र शैक्षिक सामग्रीमा बर्सेनि सघाउँदै आएका किमले सहयोगका लागि सहजीकरण गर्दै आएका छन् ।







पोखरा बहुमुखीमा नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाई
भीरकोट सामीप्य समाजले सञ्चालन गरेको मुनाकृष्ण पुरस्कारबाट ४ सम्मानित
पोखरामा ‘बुकहिल बुकाञ्जा’ विचार, साहित्य र संगीतको उत्सव
कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया