कृषि विकास बैंक कर्मचारी संघमा सन्तोष

पोखरा ।
कृषि विकास बैंक कर्मचारी संघ नेपाल गण्डकी प्रदेश समितिको ११ औं प्रदेश अधिवेशन शनिबार भएको छ । अधिवेशनले अध्यक्ष सन्तोष थापाको नेतृत्वमा नयाँ प्रदेश कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष भीमबहादुर थापा, सचिव सुमन सुवेदी, सहसचिव सुनील ढेवाजु, कोषाध्यक्ष सन्दीप अधिकारी छन् ।
कार्यसमिति सदस्यमा यमप्रसाद भुषाल, डोलराज गैरे, सरस्वती पाण्डे, सन्दीप अधिकारी, सीता पाण्डे, रामचन्द्र अधिकारी, विजय पौडेल र कुशल तिवारी छन् । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्व युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले अधिवेशन उद्घाटन गर्दै पेशागत हकहितका अलवा कृषि विकास बैंकको लक्ष्यलाई पूरा गर्नको लागि सकारात्मक भूमिका निर्वाह गर्न कर्मचारीलाई सुझाव दिए ।
संघमा आवद्ध कर्मचारीको संरक्षणका साथै बैंकको व्यवस्थापन सुधारमा ध्यान दिन आग्रह गर्दै उनले जिम्मेवार नागरिकका हिसाबले सेवा प्रवाह गर्न अनुरोध गरे । ‘कोभिड १९ को प्रकोपका कारण अर्थतन्त्रका परेको असरलाई कम गर्न योजनाबद्ध ढंगले काम गर्नु आवश्यक छ,’ पूर्वमन्त्री विश्वकर्माले भने, ‘राष्ट्रिय अर्थतन्त्रको निर्माण र कृषि विकास बैंकलाई आईपर्ने चुनौतीलाई हल गर्न व्यवस्थापन तथा ट्रेड युनियनकर्मी एक भएर लाग्नुपर्छ ।’ उनले कर्मचारीको पेशागत संघ संस्थामा अब्बल बन्न र अनुकरणीय काम सुझाव दिए ।
कर्मचारी संघका सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख छगेन्द्र आचार्यले टे«ड युनियनले बंैकको संस्थागत हितका लागि दिएका सुझावलाई कार्यान्वयन गर्न माग गरे । उनले ट्रेड युनियनका गतिविधिले बैंकलाई नीतिगत सुधारका लागि सहयोग पुगेको दाबी गरे ।
उनले बैंक तथा वित्तीय संस्था कमजोर भए ट्रेड युनियनलाई आरोप लगाउनु गलत भएको टिप्पणी गरे । कर्मचारी संघका केन्द्रीय सल्लाहकार तथा पेशागत महासंघ नेपालका केन्द्रीय सदस्य महेश पौडेलले ऋणीको भाका नाघेर ९० दिनसम्म ब्याज नआए नन प्रफमेन्स लोन हुन जाने उल्लेख गरे । उनले अहिले त्यस्तो ऋण बढेको बताए ।
कृषि विकास बैंक गण्डकी प्रदेशका निर्देशक प्रकाश कँडेलले व्यवस्थापन पक्ष र ट्रेड युनियन कर्मी निश्चित लक्ष्मण रेखामा बस्नुपर्ने बताए । सोही बैंकका वीरेन्द्रनगर चितवनका निर्देशक रघुनाथ न्यौपानेले बैंक ग्राहकमा निर्भर भएकाले सबै कर्मचारी ग्राहकमुखी बन्नुपर्ने उल्लेख गरे । उनले बैंकिङ क्षेत्रमा काम गर्ने कर्मचारी व्यवसायिक बैंकर बन्न आवश्यक भएको बताए ।
कार्यक्रममा पेशागत महासंघ नेपाल गण्डकी अध्यक्ष महेन्द्र रिमाल, कर्मचारी संघका केन्द्रीय सल्लाहकार टेकनाथ तिमिल्सिना, केन्द्रीय सदस्यहरु ऋषिराम रेग्मी र भेषराज घिमिरे, मुख्य शाखा कार्यालय समिति अध्यक्ष सुरेशकुमार क्षत्री, कर्मचार संघ स्याङ्जाका अध्यक्ष दामोदर बस्याल, कृषि विकास बैंक मुख्य शाखा कार्यालयका पूर्व प्रबन्धक रामचन्द्र आचार्य, चिप्लेढुंगा शाखाका प्रबन्धक हिमलाल श्रेष्ठ, रजहर शाखाका प्रबन्धक कवीराज गौली, बगर शाखाका प्रबन्धक मोतीप्रसाद पौडेल, नेपाल राष्ट्र बैंक कर्मचारी संघ गण्डकी प्रदेशका कार्यवहाक अध्यक्ष जितेन्द्र शाक्यले कार्यक्रममा बोलेका थिए ।
नेपाल बैंक कर्मचारी संघका गण्डकी प्रदेश अध्यक्ष ध्रुव पौडेल, नेपाल वित्तीय संस्था कर्मचारी संघका गण्डकी प्रदेश अध्यक्ष बद्रीनारायण पौडेल, कृषि विकास बैंक कर्मचारी संगठन नेपालका गण्डकी प्रदेश अध्यक्ष शालिकराम पौडेल, कृषि विकास बैंक कर्मचारी संघ गण्डकी प्रदेशका संयोजक सन्तोष थापा, सहसंयोजक सुमन सुवेदी, प्रदेश समितिका सदस्य शर्मिला गौतम लगायतले कृषि विकास बैंक तथा कर्मचारीका समस्याबारे बोलेका थिए ।
समारोहमा कृषि विकास बैंक वीरन्द्रनगर चितवनकाका निर्देशक रघुनाथ न्यौपाने, सवारी चालक विजय चौधरी र कार्यालय सहयोगी सन्तुमाया गुरुङलाई सम्मान गरिएको छ ।







जेलबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या
आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया