मानव सेवा आश्रममा लोक दोहोरी दिवस

समाधान संवाददाता २०७९ फागुन ३० गते १७:५८

पोखरा ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीले लोक दोहोरी दिवस मनाएको छ । फलफुलतथा खाद्यान्न वितरण गरी सोमबार २२ औं स्थापना दिवस मनाएको हो ।

कार्यक्रम का प्रमुख अतिथि समाजसेवी मदन थापाले कलाकारहरु देशका महत्वपूर्ण सम्पति भएको बताउँदै राज्यले ध्यान दिन नसक्नु दुखलाग्दो भएको बताए । त्यस्तै सस्थापक अध्यक्ष तारापति सुवेदी, पार्बती जिसीले मानव सेवा आश्रमा लोकदोहोरी दिवस मनाउन पाउँदा खुशी लागेको सुनाए। कार्यक्रममा सर्जक समाजसेवी यसु थापा सल्लाहकाहरु क्रमशः दीपक तिमिल्सिना र लक्ष्मी सुवेदी ,मानव सेवा आश्रका कोषाध्यक्ष दुर्गा तिम्सिना हेम्जा इकाइ कमिटीका अध्यक्ष जयराम तिमिल्सिना लगायतको उपस्थिति थियो ।

Advertisement

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीका अध्यक्ष तुलसी क्षेत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष परशुराम अधिकारीले स्वागत र सचिव नारायणबहादुर सुनारले कार्यक्रम चलाएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया