बेगनताल नजिकै रिभर बैंक इको रिर्सोट

पोखरा ।
लेखनाथमा रिभर बैंक इकोरिर्सोट सञ्चालनमा आएको छ । पोखराका युवा व्यवसायी सोसिभ भुर्तेलले उक्त रिर्सोट सञ्चालनमा ल्याएका हुन् । पोखरादेखि २५ मिनेटमा पुगिने रिर्सोट पोखरा २८ स्याङ्खुदी लेखनाथमा अवस्थित छ ।
गाउँकै अर्गानिक खाना उपलब्ध गराउने गरी रिर्सोट सञ्चालनमा ल्याएको भुर्तेलले बताए । लोकल कुखुरा, लोकल खसी र माछाका पारखीहरुलाई रिर्सोट उपयुक्त हुने भनाइ उनको छ ।
करिब एक करोड लगानीमा सञ्चालनमा आएको रिर्सोटमार्फत पोखराको पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास उनले लिएका छन् । रिर्सोटको वरिपरि शान्त वातावरण छ । ‘सहरदेखि केही पर गाउँमा बस्न जान चाहनेहरुका लागि रिभर बैंक इकोरिर्सोट रोजाइमा पर्न सक्छ,’ उनले भने । सुलभ दरमा आनन्ददायी बसोबासका लागि स्याङ्खुदी आउन उनको आग्रह छ ।
विदेश नगएर स्वदेशमा नै केही गर्ने उद्देश्यसहित आफू व्यवसायी क्षेत्रमा लागि परेको भनाइ उनको छ । ‘पछिल्लो समय हामी जस्ता युवाहरु घरदेश छाडेर परदेश जाने बाध्यता बढ्दो छ । तर मैले त्यसो गरिनँ । सानै भए पनि पोखराको न्युरोडमा फुडबैंक सञ्चालनमा ल्याएँ । अहिले रिर्सोट सञ्चालनमा ल्याएको छु । विदेश जाने सोच छैन । आशा छ सबैको माया रिर्सोटलाई मिल्नेछ ।’

रिर्सोटको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी र महासचिव भूपेन्द्रराज सुवेदीले उदघाटन गरेका थिए । उदघाटन गर्दै अध्यक्ष आत्रेयले आर्थिक मन्दीको समयमा पनि रिर्सोट सञ्चालन गर्नु नै हिम्मतको काम भएको उल्लेख गरे । उनले युवाहरु अब विदेश होइन स्वदेशमा नै केही गर्ने उद्देश्य बोकेर आउनुपर्ने धारणा राखे ।
सरकारले पनि युवाहरुलाई व्यवसायमा आकर्षण गराउन सबल नीति निर्माण गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । रिभर बैंक इकोरिर्सोटको निरन्तरताको कामना गर्दै लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुको हितमा काम गरिरहेको उनले बताए ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया