उद्योग वाणिज्य महासंघमा पोखराका अञ्जनको टिम घोषणा

पोखरा ।
नेपाल उद्योग वणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्षको लागि अञ्जन श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । चैत २८ र २९ मा हुने महासंघको निर्वाचनको लागि उनले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
महासंघमा वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्था छ । यसअघि वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका चन्द्रप्रसाद ढकालले चैतपछि महासंघको नेतृत्व गर्नेछन् । ३ वर्षे कार्यकाल रहने महासंघमा अबको निर्वाचनमा विजयी हुनेले नेतृत्व गर्नेछ ।
उनीसँगै उनको प्यानल पनि घोषणा भएको छ । जसमा जिल्लागत उपाध्यक्षमा अरुणराज सुमार्गी उम्मेदवार रहने भएका छन् । त्यस्तै एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा मनिसलाल श्रेष्ठ उम्म्दवारी रहने श्रेष्ठले जानकारी दिए ।
घोषणापत्रसहित पुनः पूर्ण टिम सार्वजनिक गरिने श्रेष्ठले बताए । अहिलेको अवस्थामा व्यवसायीका मुख्य समस्या बैंकको चर्को ब्याजदर रहेको र त्यसलाई समाधान गर्ने उनले बताए ।









पोखरा बहुमुखीमा नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाई
भीरकोट सामीप्य समाजले सञ्चालन गरेको मुनाकृष्ण पुरस्कारबाट ४ सम्मानित
पोखरामा ‘बुकहिल बुकाञ्जा’ विचार, साहित्य र संगीतको उत्सव
कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया