
गोरखा ।
गोरखाको आरुघाट गाउँपालिकाले पालिकाभित्र कृषि क्षेत्रलाई यान्त्रिकीकरण बनाउँदै लैजाने उद्देश्यका साथ कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको छ । गाउँपालिकाले पालिकाभित्रका ६९ कृषक छनोट गरेर ७० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिउ । कृषि पेसामा नै आत्मानिर्भर बन्दै आएका कृषक छनोट गरेर गाउँपालिकाले कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको उनको भनाइ छ ।
‘हामीले सार्वजनिक सूचनामार्फत आवेदनका लागि आह्वान गरेका थियाैं’, उनले भने, ‘आवेदन दिएका १ सय ३५ जनामध्ये छनोट गरेर ट्र्याक्टर वितरण गरिएको हो ।’ परम्परागत शैलीमा खेती गर्दै आएका कृषकको कृषि पेसालाई प्रविधिमैत्री बनाउँदै कृषिमै उनीहरूलाई आत्मनिर्भर बनाउनका लागि सहयोग पुर्याउने उद्देश्यले पालिकाले अनुदानमा ट्र्याक्टर वितरण गरेको अध्यक्ष गुरुङले जानकारी दिए ।
यसबाट कृषिकर्मलाई काम छिटो, छरितो बनाउनुका साथै कृषि क्षेत्रलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउँदै लैजान सकिने उनको भनाइ छ । ‘पुराना कृषि प्रविधिको माध्यमबाट मात्रै अब कृषि उत्पादनमा वृद्धि गर्न गाह्रो हुन्छ,’ गाउँपालिका अध्यक्ष गुरुङले भने, ‘जोत्नका लागि गोरु पाल्न छोडे, जग्गा बाँझो बस्न थाल्यो, बाँझो जमिनमा खेती गर्न कृषकलाई हौसला प्रदान गर्न ट्र्याक्टर वितरण गरिएको हो ।’
पालिकाभित्रका सबै वडाका कृषकलाई समेट्ने गरी ट्र्याक्टर वितरण गरिएको उनको भनाइ छ । ‘हामीले निवेदन परेका कृषक वास्तविक कृषक हुन् कि होइनन् पुष्टि गरेरमात्र अनुदानमा ट्र्याक्टर उपलब्ध गराएका हाैं’, गुरुङले भने ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया