पोखरेल समाजको साधारण सभा

पोखरा ।
स्याङजाको विरुवा ४ ओरस्टे देखि पोखरा र आसपासका क्षेत्रमा वसोवास गर्ने तथा विभिन्न पेशा व्यवसायमा संलग्न ओरस्टे पोखरा पोखरेल समाजको विविध कार्यक्रमका साथ आठौं वार्षिक साधारण सभा भएको छ ।
नेपाल सरकारका उपसचिव मोतीलाल पोखरेलले कार्यक्रमको उद्घाटन गर्दै समाजमा आपसी भातृत्व, मेलमिलाप र एक आपसमा सहयोगका भावना सृजना गर्नुपर्ने विचार राखेका थिए ।
समाजका अध्यक्ष भगवान पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा ७० वर्ष माथिका जेष्ठ नागरिक, गत शौक्षीक सत्रमा उत्कृष्ठ स्थान हासिल गर्न सफल समाजका सदस्यका छोरा छोरीलाई सम्मान पत्र र नगद सहित सम्मान गरिएको थियो ।
ओकोवरा विद्युत समितिका अध्यक्ष डि आर पोखरेल, गणित विषयमा दिर्घसेवा पदकवाट सम्मानित मित्रलाल पोखरेल, आँवु खैरेनी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद पोखरेल, उत्कृष्ठ निजामति सेवाबाट पुरस्कृत विष्णुमाया पोखरेल, मेडिकल अधिकृत डा. अमिर काफले, पलाष्टिक व्यवसायी समिति कास्कीका अध्यक्ष ऋषिराम पोखरेल र पुस्तक तथा स्टेशनरी व्यवसायि महासंघ कास्कीका अध्यक्ष कविन्द्र पोखरेललाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रम सञ्चालन समाजका सचिव डोलराज पोखरेल(खेम)ले गरेका थिए । कार्यक्रममा साँस्कृतीक कार्यक्रम, योग प्रशिक्षण नाचगान प्रतियोगिताको भएको थियो । आपसी भातृत्व विकास गर्ने र सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले स्थापित समाजले सामाजिक क्षेत्रमा विभिन्न रचनात्मक कार्यहरु गर्दै आएको छ ।









संकटमा चौंँरीपालन व्यवसाय
त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया