प्रभु बैंकको वित्तीय साक्षरता

पोखरा ।
प्रभु बैंकले विश्व वित्तीय सप्ताहको अवसरमा पोखरामा वित्तीय सक्षरता आयोजना गरेको छ । किशोर तथा युवामा वित्तीय शिक्षा पुर्याउन वार्षिक रुपमा यो अभियान चलाउने गरिन्छ ।
यसपालि चैत ६ देखि १२ गतेसम्म यो सप्ताह मनाइएको छ । प्रभु बैंक लिका गण्डकी प्रदेशमाका विभिन्न शाखा कार्यालयबाट प्लान योर मनी, प्लान्ट योर फ्युचर भन्ने नाराका साथ विभिन्न कार्यक्रम भएका छन् । मुस्ताङको लोमान्थाङ, म्याग्दीको सिबाङ, गोरखाको तुम्सिका गाऊँ, मनाङको तिमाङ लगायतका गाउँमा कार्यक्रम भएका छन् ।
सर्वसाधारणलाई वित्तीय लक्ष्य निर्माण, बचत, ऋण, बजेट, बिमा, विप्रेषण विषयमा जानकारी दिइएको बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले जानकारी दिए ।
विवेकपूर्ण तरिकाले पैसाको प्रयोग गर्न, अल्पकालीन र दीर्घकालीन वित्तीय लक्ष्य निर्धारण गर्न, उपयुक्त वित्तीय सेवा छनोट र प्रयोग गर्न सक्ने क्षमता विकास गर्ने कार्यक्रम आयोजना गरिएका प्रमुख व्यावसायिक केन्द्र अधिकृत शान्ति शेरचन बताउँछिन् ।









पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन, आज पशुपतिमा दाहसंस्कार
गविविको उपकुलपतिका लागि ६ जनाको आवेदन, माघ ४ मा प्रस्तुतीकरण
माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबारमा रोक
निर्वाचन आउन ५४ दिन बाँकी, माघ ३ देखि आचारसंहिता लागू गर्ने तयारी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया