सगरमाथा माध्यमिक विद्यालयमा विदाई

पोखरा ।
पोखरा नयाँबजारमा रहेको सगरमाथा माध्यमिक विद्यालयमा विदाई तथा शुभकामना कार्यक्रम भएको छ । मंगलबार कक्षा ११को आयोजनामा कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई विदाई गरिएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिस्थानका उपकुलपति डुकबहादुर क्षेत्रीले विद्यार्थीहरुले सकारात्मक कुरालाई आत्मसाथ गर्न सके जीवन सार्थक हुनेमा जोड दिए । विद्यार्थीहरुले उच्च शिक्षा सँगै समाजमा रहेका विकृति विसंगति अन्त्यको लागि सक्रिय हुनुपर्ने साथै समाज र राष्ट्रको विकासमा विद्यार्थीहरु लाग्नु पर्ने बताउँदै उनले उच्च शिक्षाको लागि शुभकामना दिए ।
विद्यालयका प्रधानाध्यापक धनबहादुर थापाले विद्यार्थी सफल हुनुमा विद्यार्थीको मात्र नभई विद्यालय र अभिभावकको पनि भूमिका रहने बताए । शिक्षक तथा अभिभावकले विद्यार्थीको पढाइसँगै अन्य क्रियाकलापलाई पनि नियमित अवलोकन गर्नुपर्ने भनाइ राखे । शिक्षा सँगै प्राप्त गरेको सीपलाई व्यवहारमा उर्तान सके आत्मनिर्भर बन्न सकिने प्रधानाध्यापक थापाले उल्लेख गरे ।
विद्यालय स्थापनाकाल देखि नै नेपालकै उत्कृष्ट १० विद्यालयको सुचिमा पर्दै आएको थापाले जानकारी दिए । विद्यालयको शिक्षण पद्धति गुणस्तरीय र पारिवारीक भएकाले पोखराको सबैभन्दा धेरै विद्यार्थी अध्यनरत विद्यालयका रुपमा समेत सफल भएको उनले बताए ।
कार्यक्रममा विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । यसवर्ष सरकारी सेवामा नाम निकाल्न सफल इन्जिनियर, डाक्टर बन्न सफल विद्यालयका भूतपूर्व विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।
शिक्षक दिलीपकुमार शर्माले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन विद्यार्थीले गरेका थिए ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया