एसिसी प्रिमियर कपलाई प्रारम्भिक टोली

समाधान संवाददाता २०७९ चैत १६ गते १०:५५

पोखरा ।
नेपाल क्रिकेट संघ (क्यान)ले एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताका लागि प्रारम्भिक टोली घोषणा गरेको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी)को आयोजनामा नेपालमा हुने प्रतियोगिताका लागि क्यानले २१ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । प्रतियोगिता आगामी वैशाख ५ देखि १८ गतेसम्म काठमाडौंमा सञ्चालन हुनेछ ।

प्रारम्भिक टोलीका सदस्यमा ज्ञानेन्द्र मल्ल, आरिफ शेख, कुशल भुर्तेल, भीम सार्की, आसिफ शेख, प्रतीष जिसी, ललित राजवंशी, रोहित पौडेल र सन्दीप जोरा, सोमपाल कामी, किशोर महतो, कुशल मल्ल, श्याम ढकाल, कमलसिंह ऐरी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, गुलशन झा, सूर्य तामाङ, करण केसी र देव खनाल छन् ।

प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मूलपानीको क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

Advertisement

प्रतियोगितामा विभिन्न १० राष्ट्रले सहभागिता जनाउनेछन् ।

Advertisement

तपाईको प्रतिक्रिया