अटिजम दिवस मनाइयो
समाधान संवाददाता
२०७९ चैत १९ गते १०:३४

पोखरा ।
पोखरामा विविध कार्यक्रम गरी शनिबार विश्व अटिजम दिवस मनाइएको छ । रोट र्याक्ट क्लब अफ मणिपाल मेडिकल साइन्स र अटिजम केयर सोसाइटी गण्डकीको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रमअघि नदीपुरदेखि चिप्लेढुंगासम्म र्याली निकालिएको थियो । र्यालीका सहभागीले अटिजमबारे जनचेतना जगाउने विभिन्न खालका प्लेकार्ड बोकेका थिए । र्यालीपछि भएको कार्यक्रममा मणिपाल शिक्षण अस्पतालका एमबिबिएस पहिलो र दोस्रो वर्षका विद्यार्थीले जनचेतनात्मक अटिजमसम्बन्धी नाटक प्रस्तुत गरेका थिए ।
मानव झा, राज बसेल, सुमित्रा पाठक लगायतले आआफ्ना सिर्जना प्रस्तुत गरेका थिए । अटिजम केयर सोसाइटी गण्डकी अध्यक्ष मुकुन्द लम्साल र प्रतीक गुरुङले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
सम्बन्धित








समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया