माझठाना पोखरा सम्पर्क समाजमा भोला

पोखरा ।
माझठाना पोखरा सम्पर्क समाजको छैठौं साधारण सभा चौथो अधिवेशले भोला ओझाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सम्र्वसम्मत चयन गरेको छ । प्रथम उपाध्यक्षमा शारदा लामिछाने, द्धितीय उपाध्यक्षमा रामकृष्ण तिवारी, सचिव नरेश तिवारी, सहसचिव रामचन्द्र तिवारी, कोषध्यक्ष विष्णुहरि तिवारी र सहकोषाध्यक्ष वद्रीनाथ भुर्तेल निर्वाचित भए ।
सदस्यमा पूजन शर्मा, धनकुमारी भुर्तेल, राधिका भुर्तेल, यज्ञप्रसाद तिवारी, हरिप्रसाद कँडेल, विनोद तिवारी, समन्तराज तिमिल्सिना, प्रकाशमणि तिवारी, सुमनबाबु अधिकारी र अमृतसागर तिवारी छन् ।
कार्यक्रममा समाजसेवी नन्दलाल तिवारीले पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना बोकेको माझठानाको समग्र विकासमा संस्थाको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे । पोखरा २८ का वडाध्यक्ष एवं संस्थाका संस्थापक अध्यक्ष श्रीकृष्ण लामिछानेले यस क्षेत्रको विकासका लागि वडा र संस्थाबीच सहकार्य गर्नुपर्ने औंल्याए ।
माझठानामा जन्म भई पोखरामा बिभिन्न पेशा, व्यवसायमा आवद्धहरुको सो संस्थाले प्रकाशन गरेको २०८० सालको भित्तेपात्रो विमोचन गर्नुका साथै सो समारोहमा एकापसमा शुभकामना आदानप्रदानसमेत गरिएको छ ।
संस्थाका अध्यक्ष दयाराम तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य वीरेन्द्र भण्डारी, नेकपा एमाले पोखरा महानगर उपाध्यक्ष मोहन गुरुङ, ट्याक्सी व्यवसाय कम्पनीका अध्यक्ष प्रकाशमणि तिवारी, संस्थाका पूर्वअध्यक्ष दुर्गादत्त भुर्तेल, सल्लाहकार तोयनाथ लामिछाने र सूर्यप्रकाश तिवारी, ग्रिन विकास बैंकका प्रमुख हरिबहादुर बुढाथोकी लगायतले बोलेका थिए ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया