तनहुँ १ मा राप्रपाकी उम्मेदवारलाई ३ दिन कैद सजाय
समाधान संवाददाता
२०७९ चैत २६ गते २०:३२

पोखरा ।
तनहुँ १ को उपनिर्वाचनमा राप्रपाकी उम्मेदवार शोभा गुरुङ चेक अनादर मुद्दामा दोषी ठहर भएकी छन् । उच्च अदालत पाटनले आइतबार गुरुङलाई खातामा पर्याप्त रकम नभई चेक काटेको मुद्दामा दोषी ठहर गर्दै ३ दिन कैद सजाय सुनाएको हो ।’
न्यायाधीशहरु ऋषिराम दवाडी र राजेन्द्र खरेलको इजलासले उनलाई दोषी ठहर गर्दै जाहेरीर्का लक्ष्मीकुमारी लिम्बुलाई १० लाख रुपैयाँ भराउने आदेश गरेको हो । उच्च अदालतले उनीमाथि १० लाख रुपैयाँ जरिवाना तिराउने आदेश गरेको छ । थप ४० हजार रुपैयाँ क्षतिपूर्ति कोषमा तिराउने आदेशसमेत भएको छ ।
यो फैसला विरुद्ध गुरुङले सर्वाेच्च अदालतमा पुनरावेदन दिन पाउँछिन् । कुनै मुद्दा अन्तिम अदालतबाट फैसला नभएसम्म व्यक्ति दोषी ठहर भएकै आधारमा उम्मेदवारीबाट वञ्चित नहुने निर्वाचन आयोगले जनाएको छ ।
सम्बन्धित









६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया