कालिका माविमा पुरस्कार वितरण
पोखरा ।
पोखरा–१० रामबजारमा अवस्थित कालिका माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७९ को नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ । नर्सरी देखि कक्षा ९ सम्मका प्रत्येक सेक्सनवाट प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।
प्रत्येक कक्षावाट नियमितता, अनुशासन र सरसफाईमा उत्कृष्ट हुने विद्यार्थीका साथै सीडब्लुएसएन का अध्यक्ष गोविन्दराज पहारी, व्यवस्थापक सञ्जय आत्रेय र फोकल शिक्षक राधा बराललाई पनि सम्मान तथा पुरस्कृत गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिकाअध्यक्ष दिपकवहादुर थापाले पोखराकै नमूना मावि बनाई विद्यार्थी तथा अभिभावकको पहिलो रोजाईको विद्यालय बनाउने उद्देश्य रहेको बताए । विद्यार्थीलाई बधाई ज्ञापन गर्दै लगनशील, अनुशासित, वाठा र तेजिला भएकोमा गर्व लागेको उनले बताए । प्रधानाध्यापक बलराम गिरीले विद्यार्थीलाई बधाई दिँदै उज्वल भविष्यको शुभकामना दिए ।
विद्यालयका सहायक प्रधानाध्यापक बासुदेव अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन सहायक प्रअ श्रीराम आचार्यले गरेका थिए ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया