मेयर आचार्य जापानतर्फ, कार्यवाहकमा मोतीराज

पोखरा ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य बिहीबार जापानका लागि प्रस्थान गरेका छन् । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को निमन्त्रणामा बिहीबार काठमाडौं प्रस्थान गरेका आचार्य शुक्रबार नेपाल एयरलाइन्सको विमानमार्फत जापान उड्ने छन् ।
मेयर आचार्यले महानगर प्रवक्ता मोतीराज तिमिल्सिनालाई कार्यवाहक दिएका छन् । उपमेयर मञ्जुदेवी गुरुङ पनि अहिले बेलायतमा छिन् ।
जाइकाको सहयोगमा पोखरा महानगरपालिका भित्र व्यवस्थित ढल निकास तथा फोहोर पानी प्रशोधन केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन भई डिपिआरसमेत बनिसकेको छ ।
सो परियोजना सञ्चालनको लागिसम्झौता गर्न प्रमुख आचार्य जापान गएका हुन् । प्रमुख आचार्यको नेतृत्वमा जापान जाने ७ सदस्यीय टोलीमा ३ इन्जिनियरसहित खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक रामकुमार श्रेष्ठ र खानेपानी मन्त्रालयकी सहसचिव मैना श्रेष्ठसमेत छन् ।
पोखरा महानगरपालिकाको तर्फबाट इन्जिनियर विवेककुमार क्षेत्री जापान गईसकेका छन् । हाल उनी जापानमा यही परियोजनासँग सम्बन्धित २१ दिने तालिममा सहभागी छन् ।
महानगरले आयोजना गरेको बिदाइ कार्यक्रममा मेयर आचार्यले ११ अर्ब लागतको यो परियोजना अनुसार फोहोर पानीको प्रशोधन केन्द्र सञ्चालन गर्दा वातावरणीय स्वच्छता प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘अब हामीले आकासबाट पर्ने पानी, भान्साबाट निस्कने पानी, बाथरुमबाट निस्कने पानी लगायत ढलमा मिसाइएका कुनै पनि चिजलाई यत्तिकै छोड्न मिल्दैन,’ उनले भने, ‘जानेर वा नजानेर हाम्रा ढलहरू सिधै खोलामा मिसिने गरेका छन् । अब फोहोर पानी प्रशोधन गरेरमात्र खोलामा मिसाइनेछ ।’









पासपोर्ट अब २ दिनभित्रै पाइने
खरानीबाट ब्यूँतियो गण्डकी प्रदेशसभा
सम्पादकीय—राष्ट्रियसभाको गरिमा राख
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया