शिक्षकलाई तालिम

पोखरा ।
अञ्जुली आवासीय माध्यमिक विद्यालय र न्यु ग्यालेक्सी इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलको संयुक्त आयोजनामा शिक्षकलाई २ दिने तालिम दिइएको छ । शिक्षण सकाई गुणस्तर बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको न्यु ग्यालेक्सीका संस्थापक निर्देशक राजु कायस्थले बताए ।
तालिममा ३२ शिक्षक सहभागी थिए । पूर्व बाल्यकाल शिक्षा, बाल विकास तथा मस्तिष्क विकास, कक्षा व्यवस्थापन, सिकाईका तौरतरिका, पाठ्ययोजना र पाठ्यक्रम मूल्यांकन जस्ता विषयमा तालिममा प्रकाश पारिएको थियो । कल्पवृक्ष एजुकेसन फाउन्डेशनकी निर्देशक प्रतीक्षा गौतमले सहजीकरण गरेकी थिईन् ।
‘शिक्षण अभ्यासमार्फत विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि यो तालिम आयोजना गरिएको हो’, अञ्जुली आवासीय माध्यामिक विद्यालयका संस्थापक निर्देशक राजु केसीले भने, ‘शैक्षिक गुणस्तर वृद्धिका लागि तालिम कोषेढुंगा साबित हुनेछ ।’
कार्यक्रममा नेसनल प्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारीले शैक्षिक गतिविधिलाई चुस्त बनाउनका लागि यस्ता तालिमको खाँचो औंल्याए । हिसान गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष डा. रामजी शर्माले सिकाइ कहिल्यै नसकिने बताउँदै समय अनुकूल शिक्षा प्रदान गर्न तालिम अपरिहार्य हुने विचार राखे ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया