पोखरामा सिजी डिजिटलको सो रुम

पोखरा ।
प्रतिष्ठित व्यावसायिक समूह चौधरी ग्रुपको सिजी डिजिटल को २२ औं शाखा पोखरा खुलेको छ । समूहले आइतबार पोखरामा आफ्नै विद्युतीय सामग्रीको नयाँ मल्टिब्रान्ड सोरुमको २२ औ शाखा अर्चलबोट चोकमा सुरु गरेको हो ।
पोखरा २ का वडाध्यक्ष दिवसमान प्रधानांग तथा कम्पनीका वरिष्ठ प्रबन्धक वसन्त पालले संयुक्त रुपमा सो रुम उद्घाटन गरे ।
कार्यक्रममा वडाध्यक्ष प्रधानांगले पोखराको पुरानो क्षेत्रमा बजार विस्तारको चरण चलिरहेका बेलामा सिजी आउँदा व्यावसायिक फड्को देखिने जनाए । उनले सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत कम्पनीले सहयोगको हात बढाउने विश्वास व्यक्त गरे ।
कम्पनीका वरिष्ठ प्रबन्धक वसन्त पालले पोखराको स्थानीय बजारमा गुणस्तरीय समानहको सोरुमबाट ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको सेवा दिइने जनाए ।
यो सोरुममा विश्वका उत्कृष्ट ब्रान्डहरु एलजी, सिजी, टिसीएल, गोदरेज, सेन्सेई, मिडेआ, बेको, केन्ट, एलिका, पिजन, क्रम्पटन लगायतका विभिन्न घरायसी विद्युतीय सामग्री उपलब्ध छन् । एलइडी टिभी, वासिङ मेसिन, रेफ्रिजेरेटर, माइक्रो वेभ ओभन लगायतका सामान पनि यहाँ छन् ।
सिजीको नुडल्सतर्फ सेल्सलाई हेर्ने सुनीलकुमार सुवेदी तथा पोखरा शाखाका सोरुम म्यानेजर सुमन घिसिङले सोरुमबाट गुणस्तरीय सेवा र सामग्री दिइने बताए । सोरुम हप्ताको सातै दिन बिहान १० देखि बेलुका साढे ७ बजेसम्म खुला हुनेछ । सोरुम सुरुआतको अवसरमा विशेष छुट रहेको कम्पनीले जनाएको छ ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया