कार्यविधि विपरीत एउटै संस्थालाई पटकपटक अनुदान !

पोखरा ।
गण्डकी प्रदेशको तत्कालीन भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयले आव २०७७/७८ मा चक्लाबन्दी कार्यक्रमबाट ३ संस्थालाई २ करोड ९२ लाख ५७ हजार अनुदान दियो । मन्त्रालयले आव २०७८/७९ मा पनि सोही संस्थालाई चक्लाबन्दी कार्यक्रमबाट ५९ लाख १ हजार र यान्त्रिकीकरण कार्यक्रमबाट ४५ लाख ७५ हजार अनुदान दियो ।
सोही मन्त्रालयले सोही आवमा लमजुङको एक संस्थालाई चामल प्रशोधन कार्यका लागि संरचना निर्माण तथा मेसिनरी खरिद गर्न ६ लाख ९५ हजार अनुदान दियो । कृषि ज्ञान केन्द्र लमजुङबाट धान ब्लक कार्यक्रम अन्तर्गत सोही संस्थालाई आर्थिक वर्ष २०७७/७८ मा १२ लाख रुपैयाँ अनुदान दिइएको थियो । जुन कार्यविधि विपरीत हो ।
एउटै संस्थालाई फरक फरक कार्यक्रमबाट अनुदान बजेट तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी एकीकृत कार्यविधि, २०७७ को दफा १२ (३) मा एउटै कामका लागि एकभन्दा बढी कार्यालयबाट अनुदान रकम उपलब्ध नगराउने व्यवस्था छ ।
तर, सीमित व्यक्ति तथा संस्था मात्र लाभान्वित हुने तथा आयको असमान वितरण हुने गरी मन्त्रालयले अनुदान वितरण गरेको हो । हरेक वर्ष एउटै व्यक्ति तथा संस्था मात्र लाभान्वित हुने नभई समग्रतालाई समेट्ने गरी बजेट तथा कार्यक्रम तर्जुमा गर्न महालेखा परीक्षकले मन्त्रालयलाई निर्देशन दिएको छ ।
मन्त्रालयले प्रदान गरेको अनुदानमा पनि अनुगमन नगरेको पाइएको छ । मन्त्रालयले कोल्ड स्टोर निर्माण, दुग्ध चिस्यान केन्द्र स्थापना र पशु कल्याण कार्यक्रममा ५ संस्थालाई १६ लाख ८८ हजार अनुदान दिएकोमा अनुदानको अनुगमन गरी प्रतिवेदन पेस गरेको देखिँदैन ।
अनुदानको अनुगमन बजेट तथा कार्यक्रम कार्यान्वयन सम्बन्धी एकीकृत कार्यविधि, २०७७ को दफा ३७ मा आयोजना तथा कार्यक्रमको अनुगमन गर्नुपर्ने व्यवस्था छ । गत विगतमा दिएका अनुदानको प्रभावकारिता र कार्यक्रमको निरन्तरता सम्बन्धमा अनुगमन गरी प्रतिवेदन गर्नुपर्नेमा नगरिएको पाइएकाले यसलाई सुधार गर्न महालेखा परीक्षकले औंल्याएको छ ।









६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया