सूचना प्रविधि दिवसमा नेपाल टेलिकमकाे अफर

समाधान संवाददाता २०८० वैशाख १७ गते १७:४२

काठमाडौं ।
नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२३ को अवसरमा ग्राहकका लागि विभिन्न अफर उपलब्ध गराएको छ । दिवसका अवसरमा कम्पनीले आइतबारदेखि भ्वाइस र डाडा प्याकेज उपलब्ध गराइएको विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

यो अफर यही वैशाख १९ गतेसम्म लागू हुनेछ । ४९ रुपैयाँमा १ दिन चलाउन सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १ सय मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।

डाटा प्याकेजअन्तर्गत ९८ मा ३ दिन चलाउन सकिने ६ जिबी डाटा, १ सय ९९ मा ७ दिन चलाउन सकिने १३ जिबी डाटा, २ सय ९४ मा १० दिन चलाउन सकिने २० जिबी डाटा र ३ सय ९९ मा १५ दिन चलाउन सकिने ३० जिबी डाटा प्याकेज उपलब्ध छ ।

Advertisement

‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ वैशाख १९ गते मनाइँदै छ ।

Advertisement

तपाईको प्रतिक्रिया