पोखराको अर्चलबोटमा नबिल बैंकको शाखा खुल्यो

पोखरा ।
अर्चलबोटमा नबिल बैंकको शाखा खुलेको छ । पोखरा महानगरपालिका वडा नम्बर २ का अध्यक्ष दिवसमान प्रधानांगले बिहीबार उक्त शाखाको उद्घाटन गरे । निजी क्षेत्रको पहिलो बैंक नबिलका देशभर नै बिहीबार ३८ वटा शाखाहरु उद्घाटन एकसाथ गरिएको थियो । यसपछि देशभर नबिलका २५५ शाख पुगेका छन् ।
शाखा उद्घाटन समारोहमा वडाध्यक्ष प्रधानांगले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत उपलब्ध गराउन वडासँग सहकार्यका लागि प्रस्ताव गरे । उनले बैंकमार्फत भत्ता वितरण गर्दा ज्येष्ठ नागरिक र अपांगता भएकाहरुलाई निकै सजिलो हुने भनाइ राखे । ‘पैसा पनि सुरक्षित हुन्छ र उहाँहरुलाई पनि सजिलो हुन्छ,’ उनले भने ।
प्राडा यादव गौडेलले अर्थव्यवस्था शिथिल रहेको बेला पनि नबिलले विश्वसनीयताका साथ काम गरिरहेको बताए । नबिल बैंक अर्चलबोट शाखाका प्रमुख विशाल बरालले गण्डकी प्रदेशभर १९ र पोखरामा १० वटा शाखामार्फत बैंकले सेवा दिइरहेको जानकारी दिए ।
कार्यक्रममा कास्कीका पूर्व सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद रेग्मी, विन्ध्यवासिनी मावि वरपाटनका प्रअ वसन्तराज पाण्डे, खानेपानी संस्थान विन्ध्यवासिनी शाखाका प्रशासकीय प्रमुख शिव भण्डारी, सिजी ग्रुपका प्रदेश प्रमुख सुनील सुवेदीले शुभकामना मन्तव्य राखे । बैंककी कर्मचारी नमिता सुवेदीले सञ्चालन गरेको कार्यक्रममा नबिलकै कर्मचारी अर्जुन महतले स्वागत गरेका थिए ।










सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्र्याक्टर
तनहुँमा छैटौँ आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु
‘आर्ट इन हिमालय’ आजदेखि
कोरलाबाट आयात–निर्यात घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया