पाटा वार्षिक शिखर सम्मेलन पोखरामा जारी

पोखरा ।
पोखरामा मंगलबारदेखि प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को वार्षिक शिखर सम्मेलन सुरु भएको छ । तेश्रो संस्करणको एडभेन्चर ट्राभल मार्ट जेठ १९ सम्म हुन्छ । मंगलबार मात्र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा सहभागी हुन २२ देशका १ सय ६० जना अन्तर्राष्ट्रिय प्रतिनिधिहरु यति बेला पोखरामा छन् ।
सम्मेलनमा सहभागी हुन अमेरिका, बेलायत, जर्मनी, अष्टे«लिया, नेदरल्याण्ड, स्विटजरल्याण्ड, फिलपिन्स सिंगापुर, कोरिया, संयुक्त अरब इमिरेट, साउदी अरेबीया, भारत, पाकिस्तान, श्रीलंका, चीन, हङकङ थाइल्याण्ड, ताइपेई, अजरवैजान, मलेशिया, लगाययतका देश र नेपाल गरी २१ देशका प्रतिनिधी सहभागी छन् ।
अन्तराष्ट्रिय प्रतिनिधिसहित क्रेता तथा बिक्रेता गरी करिब २ सय ५० जनाको सहभागीता रहेको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिईओ) धनञ्जय रेग्मीले बताए । नेपालको मुख्य पर्यटकीय स्थल पोखरामा भएको उक्त कार्यक्रमले हाल कोभिड–१९, आर्थिक मन्दिको प्रभावलाई केही हदसम्म सहज बनाउन उनको भनाइ छ ।
मंगलबार भएको कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्न एयरलायन्स कम्पनीहरूलाई आग्रह गरे । पोखरामा ठूलो लगानीमा हालै निर्माण भएको उक्त विमानस्थलबाट एसिया क्षेत्रमा हवाई उडान गर्न इच्छुक एयरलायन्स कम्पनीलाई आग्रह गरेका हुन् प्रदेशको राजधानी पोखरामा पर्यटनको मात्र नभई साहासिक खेलकुदको केन्द्र भएको मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।
उक्त कार्यक्रममा माल्दिपसका पर्यटन मन्त्री डाक्टर अब्दुल्ला मासुम, पाटाका अध्यक्ष पिटर स्यामन पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ र नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्यले उपस्थित थिए ।
कार्यक्रम सम्पन्न गर्न करिब ५ करोड खर्च लाग्ने अनुमान गरिएको छ । विभिन्न देशका प्रतिनिधिको दर्ता गर्दा १ सय ३० डलर तिर्ने गरेको पाण्डेले बताए । कार्यक्रममा प्रसिद्ध ब्लगरहरुको समेत उपस्थित छ । कार्यक्रम पछि लुम्बिनी, चितवन, बर्दिया, जोमसोम लगायतका ठाँउमा अध्ययन अवलोकन तथा भ्रमण गर्ने कार्यक्रम तय गरिएको पर्यटन बोर्ड गण्डकी प्रदेशका निर्देशक काशीराम भण्डारीले बताए ।
पाटा अवार्डबाट सम्मानित
पोखरामा जारी एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ, संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्ट —२०२३ को अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ ।
कार्यक्रममा पाटा इन्टरनेसनलका अध्यक्ष पिटर साइमोनले नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी लगायतलाई स्पेशल अवार्डबाट सम्मान गरे । कोभिड १९ को महामारीको तथा आर्थिक मन्दीको अवस्थामा नेपालको पर्यटन क्षेत्र चलायमान बनाउन तथा समग्र पर्यटन प्रर्वद्धनका लागि डा. रेग्मीले उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै पाटा इन्टरनेसनलले उनलाई सम्मान गरेको अध्यक्ष पिटरले उल्लेख गरे ।
अध्यक्ष पिटरले पाटा स्पेशल अवार्डबाट डा रेग्मीका साथै सिङ्गापुरका सुन ह्या वोङ, मेम्बरसीप अवार्डबाट चीनका मारिया डी सेन्ना फर्नान्डिज र पाटा अवार्ड अफ मेरिटबाट क्यानडाका डा चरिस ब्रोट्रिललाई पनि सम्मान गरे । बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले सम्मानले आफूलाई नेपालको पर्यटन क्षेत्रमा थप काम गर्न जिम्मेवारी थपिएको महसुस भएको सुनाए ।
तपाईको प्रतिक्रिया