रेजेट आर १२५ को माइलेज टेस्ट

पोखरा ।
भिएडब्लु इन्टरप्राइजेजले शनिबार पोखरामा यामाहा रेजेट आर १२५ सेग्मेन्टको माइलेज टेस्त आयोजना गरेको छ । भिएडब्लु यामाहा ब्रान्डका स्कुटर र मोटरसाइकलको पोखराका लागि अधिकृत बिक्रेता हो ।
कम्पनीले रेजेट आर १२५ नेपालमा बिक्री हुने स्कुटरमध्ये सबैभन्दा उच्च माइलेज दिने भएको दाबी गर्दै आएको छ । यो दाबी साबित गर्न ४० रेजेटका ग्राहक नयाँबजारमा रहेको भिएडब्लुको सोरुमबाट पोखराका विभिन्न चोक परिक्रमा गर्दै भुर्जङ खोलासम्म पुगेका थिए । टेस्टमा वसन्त अधिकारी ७८.९० किमी प्रति लिटर माइलेजका साथ प्रथम बने । अर्जुन पुलामीमगर दोस्रा र रामप्रसाद ढकाल तेस्रो भएका छन् ।
२३ किमी माइलेज टेस्टमा भुर्जङ खोलका पुगेका ग्राहकहरु विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथमा नयाँ स्कुटर रेजेट आर हाइब्रिदबारे समेत जानकारी दिइएको थियो । भिएडब्लुका रिजनल म्यानेजर राम बोगटीले स्कुटर पारखीको इच्छा बमोजिम रेजेडआर हाइब्रिड ४ प्रकारमा उपलब्ध रहेको जनाए । यो स्कुटर स्टान्डर्ड, डिलक्स, प्रिमियम र प्रिमियम प्लसमा उपलब्ध छ ।
१४५ एमएमको ग्राउन्ड क्लियरेन्सका साथ ९९ किलोग्राममा उल्लेखनीय रूपमा हल्का यसमा युनिफाइड ब्रेकिङ सिस्टम (युबिएस), साइड स्ट्यान्ड इन्जिन कट–अफ फङ्सन, २१ लिटर अन्डर–सीट भण्डारण जस्ता सुविधा छन् । स्टप एन्ड स्टार्ट प्रणालीले छोटो बिसौनीमा इन्जिनलाई स्वतः स्विच अफ गरी ऊर्जा बचत गर्ने कम्पनीको दाबी छ ।
यसैबीच, आइतबारदेखि भिएडब्लु इन्टरप्राइजेजमा यामाहा एक्सचेन्ज क्याम्प सुरु भएको छ । क्याम्प २६ गतेसम्म चल्नेछ ।









सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्र्याक्टर
तनहुँमा छैटौँ आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु
‘आर्ट इन हिमालय’ आजदेखि
कोरलाबाट आयात–निर्यात घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया