प्रतिभामा समाचार वाचन

पोखरा ।
पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयमा बिहीबार नेपाली समाचार प्रस्तुतिकरण प्रतियोगिता भएको छ ।
पढाइका सँगसंगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई अब्बल बनाउने उद्देश्यले प्रतियोगिता भएको हो ।
प्रतियोगितामा कक्षा ६ बाट प्राप्ति पौडेल, आयुश्री तिमिल्सिना, ज्योतिस्मा कार्की र आयुषा बास्तोला क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना बने । कक्षा ७ बाट भूमिका सुवेदी, कुसुम श्रेष्ठ, वरदान जिसी र आयुस्मा पौडेल क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना ठहरिए । कक्षा ८ बाट आदित्य आचार्य, सुप्रिया मानन्धर, प्रतिष्ठा खनाल, र ऋतु पौडेल क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भए ।
रेडियो तथा टेलिभिजनमा समाचार वाचकले झै नेपाली भाषामा कक्षा ६ देखि ८ कक्षासम्म अध्ययनरत ८९ विद्यार्थीले समाचार वाचन गरेका थिए ।
विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारीको संयोजकत्वमा भएको सो प्रतियोगितामा नेपाली विभाग प्रमुख विष्णुप्रसाद पौडेल र दुर्गादत्त सुवेदी निर्णायक थिए । कार्यक्रम सञ्चालन शिक्षका अमृता जिसीले गरेकी थिइन् ।









सम्पादकीय—पोखरामा लोरा मर्फीको सृजनात्मक यात्रा
मुस्ताङबाट २ करोडभन्दा बढी मूल्यका भेपसहित कन्टेनर नियन्त्रण
कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया