आर्थिक समाचार
लोमान्थाङको बेरुजु २७ लाख मात्रै
मुस्ताङको ५ स्थानीय तहको कुल बेरुजु १८ करोड ७६ लाख २८ रहेको छ

जोमसोम— मुस्ताङको ५ स्थानीय तहको कुल बेरुजु १८ करोड ७६ लाख २८ रहेको छ ।महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको अन्तिम वार्षिक प्रतिवेदन २०७९ मा मुस्ताङका ५ स्थानीय तहको बेरुजु ४७ प्रतिशतले वृद्धि हुँदा उक्त बेरुजु कायम भएको हो ।
आर्थिक वर्ष २०७७÷०७८ सम्ममा मुस्ताङका ५ स्थानीय तहको बेरुजु कुल बेरुजु १२ करोड ७७ लाख ५४ हजार रहेकोमा पछिल्लो अद्यावधिक लेखा परीक्षणबाट आर्थिक वर्ष २०७८÷०७९को बेरुजु ५ करोड ९८ लाख ७४ हजार थपिएको हो । यो अघिल्लो वर्षसम्मको बेरुजुमा झन्डै दोब्बरले वृद्धि हुन पुगेको हो ।
मुस्ताङको घरपझोङ गाउँपालिकाको बेरुजु आ.व. २०७७÷०७८ सम्ममा ५ करोड ७५ लाख रहेकोमा चालु वर्ष २ करोड ९६ लाख ६७ हजार बेरुजु थपिँदा ७ करोड ५२ लाख ५५ हजार बेरुजु फछ्यौट हुन बाँकी रहेको छ । घरपझोङले अघिल्लो बेरुजुमा ४६ लाख ८७ हजार फछ्यौंट गरेको थियो । थासाङ गाउँपालिकाको बेरुजु ३ करोड ७१ लाख ३९ हजार पुगेको छ ।थासाङको अघिल्लो आ.व.सम्मको बेरुजु २ करोड ८८ लाख २८ हजार रहेकोमा पछिल्लो अद्यावधिक बेरुजु १ करोड ५७ लाख २७ हजार वृद्धि भएको हो । थासाङले अघिल्लो बेरुजुमा ७४ लाख १६ हजार फछ्यौंट गरेको छ ।
वारागुरु मुक्तिक्षेत्र गाउँपालिकाको अघिल्लो वर्षसम्मको ३ करोड ९२ लाख ४६ हजार रहेकोमा पछिल्लो आ.व.को बेरुजु १ करोड २५ लाख ७१ हजार थपिंदा कुल ५ करोड १८ लाख १७ हजार बेरुजु पुगेको मलेपको अद्यावधिक लेखा परीक्षणमा उल्लेख छ ।
यसैगरी उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको बेरुजु २७ लाख ११ हजार रहेको पाईएको छ । लोमान्थाङको अघिल्लो बेरुजु ५७ लाख ५१ हजार रहेकोमा ४० लाख १२ हजार बेरुजु फछ्यौंट गरेको थियो ।जसमा अघिल्लो बेरुजु १७ लाख ३९ हजारमा पछिल्लो बेरुजु ९ लाख ७२ हजार थपिदा २७ लाख ११ हजार बेरुजु पुगेको हो ।
उपल्लो मुस्ताङकै लोघेकर दामोदरकुण्ड गाउँपालिकाको बेरुजु पनि बढेको छ । लोघेकरको अघिल्लो बेरुजु जम्मा ३६ लाख ५१ हजार रहेकोमा पछिल्लो बेरुजु १ करोड ७० लाख ३२ हजार बढेको हो ।योसंगै लोघेकर दामोदरकुण्डको कुल अद्यावधिक बेरुजु २ करोड ७ लाख ६ हजार पुगेको छ ।
पछिल्लो महालेखा परक्षकको कार्यालय सार्वजनिक गरेको अद्यावधिक बेरुजु सुचिमा घरपझोङ,थासाङ,वारागुङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको बेरुजु रकम बढेको देखिन्छ । आर्थिक वर्षसम्मको बेरुजुमा घरपझोङको २ करोड ९६ लाख,थासाङको १ करोड ६७ लाख,वारागुङको १ करोड २५ लाख र लोघेकरको १ करोड ७० लाख बेरुजु वृद्धि भएको छ ।
तर,मुस्ताङको ५ स्थानीय तह मध्ये ४ स्थानीय तहको बेरुजु बढेपनि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको बेरुजु ५० प्रतिशतले घटाएको छ । लोमान्थाङको पछिल्लो बेरुजु जम्मा ९ लाख ७२ हजार मात्र छ ।लोमान्थाङले अघिल्लो बेरुजुमा झन्डै ८० प्रतिशत बेरुजु फछ्यौंट गरेको थियो ।
तपाईको प्रतिक्रिया