पोखरा रोयल सहकारीले २५ हजार सदस्य पुर्याउने

पोखरा ।
पोखरा रोयल बचत तथा ऋण सहकारीले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमसँगै बजेट तयारी गोष्ठी गरेको छ । संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङको अध्यक्षतामा बसेको गोष्ठीले आगामी वर्षलाई ‘सदस्यसँग सहकारी’ अभियान सञ्चालन गर्ने निर्णय गरेको गरेको हो ।
संस्थाकी अध्यक्ष गुरुङले संस्थाको वृद्धि गर्दै सहकारीलाई समुदायको पहिलो रोजाइको बनाउने बताइन् । ‘सहकारीका सम्पूर्ण समिति, उपसमिति र व्यवस्थापन समूहलाई एकताबद्ध गर्दै सदस्य सेवामा लाग्न मेरो अनुरोध छ,’ बैठकमा अध्यक्ष गुरुङले भनिन् ।
गोष्ठीमा नीति तथा कार्यक्रममाथि छलफल गर्दै बजेट प्रस्तुत गरिएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत गुरुङले सबै सदस्यमा वित्तीय साक्षरता, प्रविधी साक्षरता र वित्तीय सुरक्षाको लागि सचेतना अभियान सञ्चालन गर्ने बताए । ‘युवा सहकारी दुत मार्फत समुदायमा सहकारीको असल अभ्यासहरुलाई प्रचार प्रसार गर्ने, सहकारी भिलेज स्थापना, पूर्वधार तयार गर्ने र यसका लागि सय जना युवा र समिति उपसमितिलाई वर्षैभरि स्वयंसेवी अभियानमा खटाउने हाम्रो नीति तथा कार्यक्रम छ,’ अधिकृत गुरुङले भने ।
सहकारीले आगामी ४ वर्षभित्रमा २५ हजार सदस्य पुर्याउने र ५ अर्बको कूल सम्पत्ती बनाउने गरी रणनीतिक तयार गरेको अधिकृत गुरुङले जानकारी दिए । ‘सदस्यलाई प्रतिस्पर्धी प्रतिफलमूखी बनाउने संस्थाको योजना छ । आर्थिक मन्दी र महामारीको दीर्घकालिन असरलाई अवसरको रुपमा विकास गर्दै सुखी सदस्य दीगो सहकरी निर्माण गर्ने सहकारीको लक्ष्य हो,’ गुरुङले भने ।
सल्लाहकारद्वय डाक्टर कालुशर्मा सुवेदी र एकनारायण शर्मा ढकालले वर्तमान अवस्थामा सहकारीले सञ्चालन गरेका असल गतिविधीलाई संस्थागत गर्दै सुशासन कायम गर्न केन्द्रित हुनुपर्ने सुझाए । ग्रामीण क्षेत्रमा सेवा केन्द्रित गर्नुपर्ने, अनावश्यक खर्चहरु घटाउदै आम्दानीतर्फको सन्तुलन कायम गरेर नयाँ उचाईमा पुग्नुपर्ने उनीहरुका सुझाव थिए ।
छलफलबाट प्राप्त निष्कर्षलाई समूहका तर्फबाट चन्द्रप्रसाद गुरुङ केशवप्रसाद ढकाल, केदारनाथ पोखरेल र दुर्लभ थापाले प्रस्तुत गरेका थिए । हाल संस्थाको तरलता २४ प्रतिशत रहेको सूचना अधिकारी मीलन ढकालले बताए ।









सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्र्याक्टर
तनहुँमा छैटौँ आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु
‘आर्ट इन हिमालय’ आजदेखि
कोरलाबाट आयात–निर्यात घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया