कन्या क्याम्पसलाई वडा ३ को सहयोग

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ३ कार्यालयले कन्या क्याम्पस पोखरालाई ४ लाख रुपैयाँ बराबरको साउन्ड सिस्टम र फर्निचर हस्तान्तरण गरेको छ । सामग्री हस्तान्तरण गर्दै वडा नम्बर ३ का अध्यक्ष प्रकाशमान उदासले नारी शिक्षामा समर्पित गण्डकी प्रदेशको एकमात्र क्याम्पसको गुणस्तर अभिवृद्धि गर्न यस्तो सहयोग प्रदान गरेको बताए ।
कन्या क्याम्पस पोखराका सञ्चालक समिति अध्यक्ष योगेन्द्र प्रधानले वडाको सहयोगबाट छात्राहरुलाई अतिरिक्त कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । क्याम्पस प्रमुख सुरेशकुमार मानन्धरले वडाबाट क्याम्पसले निरन्तर सहयोग प्राप्त गरिरहेको सुनाए । उनले छात्राहरुका लागि सेनेटरी प्याड डिस्पोजल मेसिनको आवश्यकता भएकाले वडामा प्रस्तावना पेश गरेको जानकारी गराए ।
वडा सचिव चन्द्रावती वाग्लेले विशेषगरी महिला शिक्षाको प्रवद्र्धनका लागि सबैको चासो रहनुपर्ने उल्लेख गरिन् । कार्यक्रममा प्राध्यापक संघका सभापति डा. भूमिराज बस्ताकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ३ का जनप्रतिनिधि, क्याम्पस व्यवस्थापन समितिका सदस्य, प्राध्यापक, कर्मचारी, छात्रा कल्याण समितिका पदाधिकारी र छात्राहरूको उल्लेखनिय उपस्थिति थियो । कार्यक्रम क्याम्पसका सहायक क्याम्पस प्रमुख चित्रबहादुर श्रेष्ठले सञ्चालन गरेका थिए ।








स्पोट्र्स अवार्ड वैशाख १८ गते हुने
मुग्लिन–आँबुखैरेनी पारी २ लेनको सडक
चर्को आलोचनापछि राष्ट्रपतिकी छोरी संज्ञाले बन्दसूचीबाट फिर्ता लिइन् नाम
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया