१८ औं रोपाइँ महोत्सव
हरेक वर्ष रोपाइँ महोत्सव

पोखरा महानगरपालिका वडा नम्बर १३ को वडा कार्यालयले यो वर्ष आर्वाको बारीमा रोपाई महोत्सव गर्ने योजना बनाएको थियो । यसै सन्दर्भमा पर्यटन प्रवद्र्धनका लागि पोखरा पर्यटन परिषद्ले १८ औं रोपाइँ महोत्सव २०८० गर्न ठाउँ खोज्ने क्रममा वडा नम्बर १३ कसेरीको डुम्रीबोटमा प्रस्ताव गर्यो ।
वडाको योजना र परिषद्को प्रस्ताव अनुसारको १८ औं रोपाइँ महोत्सले पोखराको पर्यटन प्रवद्र्धन र पोखरा १३ लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सहयोग सहयोग पुग्नेछ । वडा कार्यलयले महोत्सवलाई सफल पार्न सहकार्य गर्ने अवसर पाएको छ ।
यो हाम्रो वडाका लागि खुसीको कुरा हो । वडा नम्बर १३ का जनप्रतिनिधि, कृषि सञ्जालका पदाधिकारी तथा सदस्यले स्थानीय रुपमा व्यवस्थापनका लागि ध्यान दिएका छौं । महोत्सवमा आउने स्वदेशी तथा विदेशी पाहुनालाई स्वागत तथा सत्कार गर्नुका अलवा रोपाइका लागि हल गोरु खोज्ने, नौमती बाजाको व्यवस्थापन गरेका छौं । महोत्सवमा स्थानीय स्तरबाट हुने व्यवस्थापनलाई कुनै कमी हुन दिइने छैन ।
वडा कार्यालयले स्थानीय स्तरबाट उत्पादन भएका सामग्रीको बजारीकरण गर्न हाटबजार खोल्ने गर्ने योजनाअघि सारेका छौं ।
युवा स्वरोजगार कार्यक्रम अन्तर्गत समेत युवालाई कृषि क्षेत्रमा जोड्ने सवालमा योजना छ । रोपाइँ महोत्सवमा चर्चित लोक गायक प्रकाश सपुत आउने कार्यक्रम छ । स्थानीय स्तमा लोक भजन, असारे गीतलाई समेत महोत्सवमा स्थान दिने योजना बनाएका छौं । यो वर्ष पयर्टन परिषद्सँग सहकार्य गरेका छौं । अर्को वर्षदेखि पनि वडा कार्यालयको तर्फबाट महोत्सवलाई निरन्तरता दिने योजनामा छौं ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया